कविन्द्र परियार : कोहलपुर २२ फागुन/ बर्दियाको बढैयाताल गाउँपालिका—३ स्थित चप्ला नालामा पुल नहुँदा वर्षौदेखि स्थानीयले सास्ती खेप्नुपरेको छ ।
सो क्षेत्रको भवानीपुर, सिमरा, सत्पतिया र तमोलीपुर जोड्ने चाप्ला नालामा पुलमा नहुँदा खासगरी सो क्षेत्रका बासिन्दाले वर्षा मौसम निकै सास्ती खेप्नुपरेको हो ।
‘यो नालामा पुल नभएकै कारण वर्षा भरी हाम्रा छोराछोरीको पढाइ नै हुदैन स्कुल जाउ भन्दा मान्दैनन’ बढैयाताल गाउँपालिका—३ भवानीपुरकी फुल कुमारी थारुले भनिन् । ‘काठको साखु हालेर वारपार गर्छौ ठुलो बाढी आए त्यही पनि बगाईदिन्छ’ उनले भनिन ।
त्यस्तै अर्का स्थानीय कम्लेश खटिकले पनि चाप्ला नालामा पुल नहुँदा सबै भन्दा बढी स्कुले केटाकेटी समस्यामा परेको बताए । अर्का स्थानीय युवा सुर्यविक्रम डाँगीले सो नालामा पुल नहुँदा वर्षा मौसममा आवत जावत गर्न र रातको समयमा बिरामी भएमा एम्बुलेन्स समेत आउन नसक्ने भएकोले सम्स्या रहेको बताए ।
सो क्षेत्रमा बाटो स्तर उन्नतीका लागि साविकको सोरहवा गा.वि.स.को ३ लाख अनुदान तथा स्थानीयको आर्थिक सहयोगमा गतवर्ष बाटो तथा नाली निर्माण गरिएको स्थानीय उपभोक्ता समितिका अध्यक्ष तथ सक्रिय युवा हरी शंकर डागीले बताए ।
उनले भने–अहिलेको समयमा त्यति समस्या नभएपनि वर्षाको समयमा भवानीपुर, सिमरा, सत्पतिया र तमोलीपुर क्षेत्रका विशेषगरी विद्यार्थीहरुलाई समस्या हुन्छ ।’ उनले थपे ‘खोला नाला ठूलो हुने भएकाले विद्यालय नै जादैनन् ।’
उक्त स्थानमा रहेको अर्को ठाएमा समेत नालले बाटो कटान गरेका कारण स्थानीय जिर्ण अवस्थाका ह्युमपाइपबाट आवतजावत गर्न बाध्य छन । बढैयाताल गाउँपालिका—३ वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले चप्ला नालामा यो आर्थिक वर्षमा पुल निर्माणको लागि ५ लाखको विनियोजन गरिएको र उपभोक्ता समिति समेत गठन गरिसकिएको बताए ।
‘यत्ति रकमले पुल निमार्ण नहुने हुँदा यस वर्ष केही मात्रामा काम सुरु गरेर आवतजावत गर्ने बनाउने र हुन्छ यसलाई क्रमागत योजना अनुसार अगाडि बढाईने सोचमा छौ’ उनले भने । चाप्ला क्षेत्रमा रहेको बस्ती नयाँ भएका कारण सो क्षेत्रमा विकासका कामलाई तिव्रता दिएर सो क्षेत्रलाईलाई कृषि पकेट क्षेत्र बनाउने सोच रहेको समेत वडा अध्यक्ष पराजुलीको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्