19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

को को होलान आफन्त खबर पठाउनु छ ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४  

सुर्य ढकाल

राष्ट्र निमार्णका लाखौ उर्जाशिल
हातहरु आज कामको खोजिमा विदेशिन वाध्य छन् ।

विभिन्न विषयमा गजल लेखिरेहने प्रगतिसिल गजलकारको नाम हो नमिता वराल । म उुनका गजलहरु फेस बुकका वालहरुमा सकभर नछुटाई पढने गर्दछु ।नमिता वराल विभिन्न विषयमा
सटिक ढगले प्रस्तुत गरेर मोसफल बाट साहित्यक क्षेत्रबाट विकास हुन खोजेको एउटा प्रतिभा हो ।
विभिन्न विषयमा कलम घोटिरहदा जिवन ,जगत र राजनीतिक सामाजिक घटनाहरुलाई नियामति सूस्म ढगले अध्ययन गरेको पाइन्छ यिनका कविता गजल मुत्तकहरु बाट । आवज बिहिनिहरुको , श्रम गर्ने पसिना चुवाउने अन्यायामा परेकाहरुको पक्षमा मुलत न्याय र समनताको पक्षमा आफुलाई र्हदम अडिगसाथ उभिरहेको भेटिन्छ । विविध खाले साहित्यक रचनाहरु सृजना गरेर साहित्य कर्माीहरुलाई प्ररर्ण तथा पाढकहरुलाई स्वथ्य खूराक दिदै आउने मात्र होइन जिम्मेवारि लिएर बसेका शासकहरुलाई सचेत तथा खवरदारि गराउदै आएको पाइन्छ ।नेपालगज आउन काठमाडौ एर्यपोटमा ठिक आधा घण्टा अगाडि पुगेको थिए ।
एर्यपोट पुगिसक्दा थाहा भयो । पेलेन १घण्टा डिले भएको खवर थाहा पाए । ठिलो हुनु अस्थव्यथ हुनु नेपालको विशेषता नै हो । समय बिताउने मनसायले आफनो डाटा बाट फेसबुक अन के गरेको थिए । मेरा पाच हजार साथीहरु मध्यको एक असल साथी थिइन नमिता वराल उनिसग मेरो फेस बुक बाहेक अन्त्य भेट हुने चिना जान गर्ने मौका आज सम्म मिल्लेको छैन । तर पनि म उनका कविता गजल मुत्त फेस बुकको वालमा नछुटाई पढने गरेको छु । म साहित्य मन पराउछु तर रचना गर्न भने आउदैन । फेसवुकमा पोष्ट गरेको गजललाई मैले अन्तराष्ट्रिय
एर्यपोटमा धेरै पटक पढे । १० वटा हरफमा गजल लेखिएको रहेछ । मैले उक्त्त गजल तिन चार पटक पढे गजल देश काल परिस्थतिमा ढुबेर लेखिएको थियो ।
गजलले नेपालको सामाजिक राजनीतिक आर्थिक चित्र आफनो भाषामा कोर्न सफल भएको थियो, ।गजल पढदा २००७,२०४६,२०६२ सालमा भएका राजनीतिक परिर्वतन बाट जनताले कुनै परिर्वतनको अनुभुति पाउन सकेको
थिएन । यि राजनीतिक परिर्वतनले रैति प्रजा जनता अझै देशका नागरिक बन्न सकेको आवस्था थिएन । राजनीतिक परिर्वतन सगै आर्थिक सामाजिक र सास्कृति परिर्वतन गर्न नसक्दा हाम्रा परिर्वतनहरु बारम्वार घुम्ने र बारम्वार राजनीतिक सघर्ष गर्नु पर्ने अवस्था बाट हामी भौतारिरहेका छौ ।
अन्य देशमा एउटै राजनीतिक क्रान्तिबाट आर्थिक सामाजिक परिर्वतनलाई अगाडि बढाउदा र राष्ट्र निमार्णको मुलधारमा युवाहरुलाई सहभागिता गराउदा बिकासको गतिमा अगाडि बढे । राष्ट्र निमार्णका लाखौ उर्जाशिल
हातहरु आज कामको खोजिमा विदेशिन वाध्य छन् । भष्टचार कमिस्न खोर ढिलासुस्त देशमा सस्थागत छ । राजनीतिक आर्थिक र सामाजिक परिर्वतनका लागी धेरैले बलिदानि गरेका थिए । हाम्रो देशको राजनीतिक परिर्वतनले आर्थिक परिर्वतनको दिशा तयार गर्न सकेन ।
आर्थिक परिर्वतनको दिशा तयार गर्न सक्ने पार्टी विचार बहुमतका साथ सरकारमा जान नसक्नु देश र जनताका लागी र्दूभाग्य बन्यौ । सबै परिर्वतनहरु हवामा बिते जनताले यातना, दुख कष्ट पिडा बाहेका केहि पाउन सकेनन । खाडीवाट बाकसहरु घर पढाउनु छ देखि पिठुय हुदै
छातिमा खज्जर पढाउनु छ सम्म १० वटा हरफमा लेखिएका विषयले नेपालको समग् राजनीतिक,आर्थिक सामाजिक र धार्मिक
सवै पक्षलाई सटिक ढगले प्रस्तुत गरिएको
छ ।
२००७ देखि २०७४ सम्मको नेपालको बास्तविक चित्र कलात्मक रुपले प्रस्तुत गरिएको छ । भर्ख सम्पन्न भएको स्थानिय, प्रदेश प्रतिनिधि सभाको निर्वाचन वाट निर्वाचित भइर जिम्मेवारी समालेकाहरुलाई अवको काम कामको खोजिमा विदेश भौतारि रहेका युवाहरुलाई निर्यात गर्ने समय होइन । अब नेपाली युवाहरु कामको खोजिमा कोरिया वा खाडिमा होइन नेपाल कै खोरिया र चार कोषे झाडीमा काम दिन सकियो भने मात्र सम्वृद्ध नेपाल निमार्ण गर्न सकिने छ ।
नेपाल प्रकृति साधन श्रोतले सम्पनन हुदा हुदै पनि अयोग्य शासकका गलत नितिका कारण आज ४० लाख नेपाली नौ जवान युवाहरु विदेशि भुमिमा आफनो रगत पसिना बगाई रहेका छन । प्रत्येक एक मिनेटमा एक जना नेपाली युवा कामको खोजिमा अन्तराष्टिय एर्यपोट बाट बाहिरिन बाध्य छ । प्रत्येक दिन १५०० युवाहरु बाहिरिन्छन भने प्रत्येक दिन एउटा साल नेपाल भित्र भित्रिने अवस्था विधमान छ ।के यस्तै अवस्था विधमान रहिरन्छ त कामको खोजिमा लाखौ युवाहरु विदेशिनु पर्ने गएका साथीहरु पनि काम छोडेर तिम्रो छोरा काम गर्ने सन्र्दभमा मुत्यु भयो भनेर आफनताहरुलाई खवर पठाउनु पर्ने अवस्था अब पनि रहयो भने नेपाली जनताले परिर्वतनको अपेक्षा सहित बामपन्थीहरुलाई अत्यधिक मत दिएर जिताएको कुनै अर्थ हुने छैन ।
यो सरकारले नेपाली युवाहरुलाई कोरिया होइन नेपालका खोरियाहरुमा काम दिने विदेशका खाडिहरुमा होइन नेपालका चारकोसे झाडी मा काम दिन सक्नु पर्छ ।साहित्य प्रतिरोध पनि हो । जनताले तिमीसग परिर्वतन खोजेका छन ।
सुसासन खोजेका छन सम्वृद्धि खोजेका छन । सामाजिक न्याय खोजेका छन त्यहि कामको नेतृत्व गर्न तिमीलाई आफनो परिर्वतनको मत दिएका छन । इतिहास मुत्त कोहि छैन । उनको साहित्यमा देशको राजनीति मुख्य विषय
भनेको छ । इतिशास र नेपाली जनजिवनको लेखाजोखा गरेको छ । इतिहास बदलिनु पर्छ हामी बदली नु पर्छ । छोरालाई सामान्य शिक्षा दिक्षा दिन पनि पुरानै शैलिमा फेरी भएको गैरि खेतको एउटा गरा पनि बन्धक राख्नु पर्ने हो राज्यको तर्फवाट जनताको जारि प्रतिनिििधले जारि गरेको सविधानमा उल्ललेख भएको शिक्षा स्वास्थय रोजगार जनताको भौलिक हकको रुपमा लागु गर्न र गराउन नसक्ने हो भने बिगतका सरकार र अहिलेको बापन्थीसरकार बिच कुनै अन्तर जनताले पाउने छैन । परिर्वतनको अपेक्षा गरेका आम नेपाली जनताका परिर्वतनका आकाक्षाहरु मुर्छित अवस्थामै रहने छन ।
एउटा साहित्य वा कलाकारले मात्र साहित्य वा कलाको माध्यमवाट जनताका पिडाहरुलाई सुन्दर तरिकाले अभिव्यत्त गर्न सक्छ । त्यो नमिता वरालले पनि गरेकी छन । यि १० हरफमा २००७ साल देखि आज सम्मको घटनाहरको सश्लेषण को रुपममा साक्षी बनेर बोलेका छन हरुफ र शव्दहरु । नमिता वराललाई नपुगेको के छ र सिगो समाज सम्पुर्ण जनता तथा स्वयम आफै प्रति पनि इमान्दार देखिन्छन जनता र राष्ट प्रति राष्ट राष्टियता स्वभिमान स्वाधिनता र भगौलिक अखण्डता र नेपाली स्वतन्त्रता प्रति चासो छ । भुगोल र जनसख्याले सानो वा ठुलो जेहोस सर्वभौसत्ता सबैको बराबर हुन्छ । कति साहित्यकार हरुले समजको व्यथाको सहि रुपले चिण गर्न र त्यसको निराकरणको निम्ति जनतालाई बाटो देखाउन सक्दैन । राम्रो धर्म सस्कृति पराम्परालाई आत्मसाथ गर्दै जाने र गलत धर्म सस्कृति र पराम्परालाई सुर्धान थिति
बसाल्ने सस्कृतिको विकास गर्न कसैले नसको प्रति उनि चिन्तति छन स्थिर सरकारको खोजीमा छन । हामी गरिवि बाट माथि उठन नसक्नुको पिडा खोजिएको छ ।हरके मानिसको जीवन र जगतलाई हेर्न दृष्टिकोणजन्मजात नै वैज्ञानिक नहुन पनि सक्छ । यो स्वभाविक कै हो र दृष्टिकोण को विकासक्रम पनि सबैको समान रुपमले भएको हूदैन तर नमिता वरालका अधिकास साहित्यहरु जिवन जगत र समाज प्रति प्रगतिशिल
देखिन्छन । नेपालको बास्तविक चित्र खोज्न पाचतारे होटेलम गोष्टि सेमिना र छलफल ठुला ठुला ढेलीहरु पढन पर्दैन मात्र एक जना को भ्याक्ेन्सी खोलेको अफिसमा फारर्म भोर्न लागेको युवाहरुको भिड र कामको खोजिमा अन्तर्राष्ट्रिय एयृपोटमा छोरा छोरीलाई विधाई गर्न गएका बाबु आमाको अनुहार पढे सवै कुरा थाहा हुन्छ हामी कहा छौ ।आर्थिक आधार बलियो नहुँदा राज्यका कार्यहरु बदलिन सकेन राज्यका कार्यहरु नवदलिदा हामी जहाको त्यही रहयौ । जनताले यस पटक आर्थिक आधार बलियो हुने कार्ययोजना बामपन्थहरुले ल्याउन सक्ने विश्वासका साथ अहिले मत दिएका छन् ।
हलै सम्पन्न निर्वाचन बाट नेपाली जनताले आफनौ वास्तविक प्रतिनिधि पाएका छन । यो सरकारले अरुले तिस वर्षमा गरेको प्रगति यसले पाच वर्षमा गर्ने इच्छा शत्ति देखाउन सक्नु
पर्दछ । प्रकृतिक सोतहरुलाई व्यवसायिकराण गर्न बारेमा योजना वनाउन सकियौ भने ढुगालाई सिमेन्टमा लौढ सल्ला,मोगिरा, चिताइरो,निसोध, गुगुन, अगार उड, अमला हर्रा र वर्रा जस्ता जडिबुटिहरुलाई औषधि चक्कीमा रुपान्तराण गर्न सक्ने हो भने विदेशिहरु नेपालमा जागिरको लागी आउने वातवरण बनाउन सकिन्छ । विगतका सरकारले हाम्रो समाजलाई प्रविधिप्रति आर्कषण बढाउन सकेनन । प्रविधिक सिपको विकास भएन, सोत र बजारको पहिचान गर्न सकेन गुणस्तरिय उत्पादका लागी समर्पित जनशत्ति तयार गरिएन हिजो राज्यको भुमिका भएन । राज्यको भुमिका हुनु पर्दछ भन्नाको मतलव राज्यले शिक्षा,स्वथ्य र रोजगारमा महत्वपुर्ण भुमिका खेल्नु पर्दछ । अबको समय युवाहरुलाई निर्यात गरेर आएको रेमिटेन्स बाट देश चलाउने समय होइन ।सस्थागत रुपमा रहेको कर्मचारि भित्र रहेको चाकडी चाप्लुसि भनसुनको पुर्ण रुपले अन्त्य गर्न सक्ने सिस्टमको बिकास गर्न सक्नु पत्यो । जैविक विविधतालाई व्यवसायिकरण गरेर अरु देश कहा पुगे । सहि

प्रकाशित मितिः सोमवार, फाल्गुन २१, २०७४     4:52:22 PM  |