क्षमताभन्दा बढि कैदिबन्दी राख्दा समस्या



सल्यान/   जिल्ला कारागार सल्यानमा कैदीबन्दीको चाप बढेपछि पालो लगाएर सुत्न पुर्ने अवस्था सिर्जना भएको छ । क्षमताभन्दा चार गुणा बढी
कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो ।

कैदीबन्दी धेरै भएकाले राति सुत्न पनि पाइँदैन,’ ७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भने, ‘पालो लगाएर सुत्नुपर्छ, पालो कहिले दिउँसो पर्छ कहिले
राति ।’ पालो लगाएर सुत्नुपर्दा निकै कठिन हुने गरेको उनको भनाइ छ ।

दिउँसो सुत्नुपर्दा अप्ठ्यारो अर्का कैदी धनबहादुर बुढाले पालो लगाएर सुत्नुपर्दा कष्टकर हुने गरेको बताए । ‘आप्mनो पालो राति परेका वेला त केही हदँु नै , तर दिउसोँ सत्ुने परकोले वेला भने साह्रै अप्ठ्यारो हुन्छ,’ उनले भने ।

‘यस्तो खाटमा १२ जनालाई सुताउन मिल्छ,’ उनले भने । तर पनि पालो लगाएर सुत्ने समस्या भने तत्कालका लागि रहिरहने केसीले बताए । कारागार जीर्ण र साँघुरो छ । जेलर केसीका अनुसार वार्षिक २० प्रतिशतका दरले कैदीबन्दीको संख्या बढिरहेको छ ।

कैदीलाई अन्यत्र सरुवा गर्दा जिल्ला छोडी जान नमान्ने गरेको उनको भनाइ छ । ‘त्यसैले गाडीको सिटको क्षमताभन्दा बढी यात्रु कोचेजस्तै गरी कैदीबन्दीलाई राख्ने गरिएको छ,’ केसीले भने । जीर्ण कारागार मर्मतका लागि माथिल्लो निकायसम्म पहल गर्दा पनि कुनै वास्ता नगरेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार