अप्रील १३ मा कतारमा ´नयाँ वर्ष धमाका २०७५` हुने



केशब चापागाईं
दोहा,कतार।

मेची महाकाली सेवा समाजको आयोजनामा आउँदो अप्रील १३ मा कतारमा ´नयाँ वर्ष धमाका २०७५` हुने भएको छ।

पत्रकार सम्मेलन गरि कार्यक्रमका बारेमा कार्यक्रम संयोजक लिला प्रसाद गौतमले जानकारी दिएका हुन।कतारको मुसाइमर लेबर सिटी क्याम्प नजिकै रहेको डल्ला ड्राइभिङ एकेडेमीको हलमा हुने कार्यक्रममा नेपालबाट साथै कतारबाट दर्जन भन्दा बढी कलाकार सहभागी हुने छन।सहभागी हुने कलाकारहरुमा जादुगर तथा हास्य कलाकार हाहायोयो महादेब त्रीपाठी,चर्चित गायक श्रीकृष्ण लुइटेल(बोकेदारी),चर्चित लोक गायिका देबीका केसी,डान्सरहरु बिराज भन्डारी,कबिता नेपाली,अन्जना सुनवार र अनील अर्याल रहेका छन भने लोकगायक यम राज सुनवार,विनीता केसी,नानू घले,गोपाल गाहा छन।त्यस्तै आधुनिक गायक टंक बि.क र शरद पाण्डे रहने भएका छन भने हास्य कलाकार दिप हसन्ते क्षेत्रीले पनि भरपुर मनोरञ्जन दिने भएका छन।

सन्चारकर्मीको कार्यक्रम कानुनी प्रक्रिया पूरा गरेर आयोजना गरिएको हो?भन्ने जिज्ञासामा संयोजक गौतमले कार्यक्रमका लागि कतार सरकारबाट लिनुपर्ने सबै अनुमती लिई सकेको बताए।साथै उनले कार्यक्रमबाट प्राप्त रकम मेची महाकाली अभियान अन्तर्गत निशुल्क सिपमुलक तालिम केन्द्र(सिलाई,बुनाइ तथा बुटिङ) मा लगाइने बताए।उनले भने ´हामीले कार्यक्रम आयोजना गर्नुको उदेश्य मेची महाकाली अभियान अन्तर्गत पुर्व मेची देखि पश्चिम महाकाली सम्म निशुल्क तालिम केन्द्रको स्थापना गरेर समाज सेवा गर्नु हो।अहिले हामीले पुर्वको बिर्तामोडमा तालिम केन्द्रको स्थापना गरिसकेको छ।

´नयाँ वर्ष धमाका-२०७५´ मा सहभागी हुनको लागि कतारी रियल ५० र १०० को टिकट दर राखिएको छ।टिकटका लागि कार्यक्रम संयोजक लिला प्रसाद गौतम(७००२२२३४),सह-संयोजक केशब चापागाईं(३१२४६५६३),वीर सिंह लामा(३१४५७२६१),रहुदिन मिया (७४७८४०६४) र आल बहादुर गाहा(३००१३७८३) मा सम्पर्ग गर्न आयोजकले अपिल गरेको छ।

डल्ला ड्राइभिङ एकेडेमीले प्रेजेन्ट गरेको कार्यक्रमलाई कतारमा रहेको कान्तीपुर मेडिकल सेन्टरले सपोर्ट गरेको हो।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १९ गते शनिबार