28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

कसरि सुरु भयो सिरिया युद्द ? कुन देशको के स्वार्थ ? युद्दका विभिन्न तस्विर सहित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४  

सिरियाको समस्या आजको होइन । युद्ध सुरु हुनुपुर्व नै सिरियाली जनताहरुले बेरोजगारी, चरम भ्रष्टाचार, राजनीतिक स्वतन्त्रता र राष्ट्रपति बसर अल असादको दबाबको विरोध गर्दै आइरहेका थिए । सन् २००० मा आफ्नो पिता हाफेजले कार्यभार छोडेपछि उनले सम्हालेका थिए ।

अरब स्प्रिङबाट प्रेरित भएर सन् २०११ को मार्चमा पश्चिम सिटी डेरामा प्रजातन्त्रको पक्षमा आन्दोलनहरु चर्कन थाले । तर, सानो आगोको झिल्का देशभर फैलन समय लागेन । सरकारले आन्दोलन दबाउन ठुलो शक्ति प्रयोग गरेपछि सिरियाका जनता सबै सडकमा उत्रिन थाले । उनीहरुले राष्ट्रपतिको राजिनामा माग गरिरहेका थिए भने अर्को तर्फ बसर आफ्नो पद जोगाउन राजनीतिक खेलमा व्यस्त देखिन्थे ।

आन्दोलनले कडा रुप लिन थालेपछि विपक्षी समर्थकहरुले हतियारको सहारा लिन थाले । सुरुमा त हतियार आत्मरक्षाका लागि प्रयोग गरियो तर, पछि यसको प्रयोग सुरक्षा फौजहरुलाई आफ्नो क्षेत्रबाट भगाउन प्रयोग गर्न थालियो ।

तर, बसरले पनि कसम खादै भने,‘म विदेशी शक्तिको भरमा उम्लिएको आतंकवाद निमाश पारेरै छोड्नेछु ।’

विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो ।

विस्तारै आन्दोलन नियन्त्रणबाहिर गयो र देश गृहयुद्धमा फस्यो । सरकारी सुरक्षाकर्मीसँग लड्न विपक्षीहरुले पनि विद्रोही ब्रिगेडको निर्माण गर्न थाले । सिरियामा त्यसपछि रगतको खोला बग्न सुरु भयो ।

यो असाद र विद्रोही पक्षको मात्र युद्ध रहेन । सिरियामा जब क्षेत्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु, इरान, रसिया, साउदी अरेबिया र अमेरिकाले सहितले आक्रमण गरे त्यसपछि लाखौको संख्यामा मानिसको ज्यान जान सुरु भयो । बसरको सरकारलाई सैन्य, आर्थिक तथा राजनैतिक सहयोग मिलेपछि सिरियामा युद्धले अर्को भयानक रुप लियो ।

विदेशी शक्तिहरुले विभिन्न षडयन्त्र रची आतंकवादी संगठनहरुलाई फुटाउने तथा उनीहरुलाई आक्रमण गराउन मदत गर्ने काम समेत गरे ।

जिहादी संगठनहरु पनि विभिन्न समुहमा बनाइ अगाडि बढ्न थाले । आंतकवादी संगठनहरुले पनि क्षेत्र विभाजन गरेर आफ्नो नियन्त्रणमा लिने योजना बनाउँदै अगाडि बढे । हायत ताहिर अल–साम, यो आतंकवादी संगठन अल कायदासँग अनुबन्धित रहेको थियो, यसले उत्तर–पश्चिम राज्यमा नियन्त्रण बनाइ बस्ने काम गरेको थियो ।

विश्वकै शक्तिशाली आतंकवादी संगठन आइएस जसले सिरियामा सबैभन्दा धेरै क्षेत्र नियन्त्रणमा छ । उत्तरी र पुर्वी सिरियामा आफ्नो बर्चस्वका कायम राख्न आइएस सरकारी सैनिक, बिद्रोही ब्रिगेड र कुर्दिस मिलिसियासँग लड्दै आइरहेको छ । आइएस अमेरिका र रसियाको समेत प्रमुख निशानमा रहेको छ ।

हजारौको संख्यामा सिया मिलिसियाहरु इरान, लेबनान, इराक, अफगानिस्तान र यमनबाट सिरियामा आइ युद्ध लडिरहेका छन् । धर्म रक्षाको लागि युद्ध गरेको उनीहरु बताउँदै आइरहेका छन् ।

किन विश्वका शक्तिशाली देशहरु सिरियामा आक्रमण गरिरहेका छन् ?

राष्ट्रपति असादको पद धरापमा परेपछि रसियाले उनको मदत गर्न खाजेको थियो । आइएससँग लगातार पराजित भएपछि सन् २०१५ मा सिरियामा सन्तुलन बनाइराख्न मदत गरेको थियो । मस्कोले आतंकवादी मात्रै आफ्नो निशानामा रहने बताएको थियो । तर, अधिकारकर्मीहरुले भने,‘रसियाले पश्चिम समर्थित विद्रोही संगठनहरुलाई आक्रमण गर्यो ।’

६ महिनापछि रसियाका राष्ट्रपति भलाद्मिर पुटिनले आफ्नो मिसन सकिएको भन्दै सिरियाबाट आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरे । सन् २०१६ मा रसियाले अत्याधुनिक हातहतियारको प्रयोग गर्दै विद्रोही संगठनलाई ध्वस्त पार्ने काम गरेको थियो ।

सिया शक्ति रहेको इरानले अर्बौ रुपैयाँ यस युद्धमा खर्चेको छ । अलाविदको दबदबा रहेको सरकारलाई बलियो बनाउन पनि सैन्य तथा आर्थिक सहयोग गरेको थियो । हतियार पनि सहज रुपमा सिरियालाई उपलब्ध गराउने तथा तेल ट्रान्सफरमा समेत मदत गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार हजारौको संख्यामा इरानले सिरियामा आफ्ना सैनिकहरुल पनि पठाएको थियो ।

असादको इरान र अरबसँगको राम्रो सम्बन्धले पनि उनले धेरैभन्दा धेरै सहयोग पाइनै रहे । सिरिया तेल आयात गर्नका लागि प्रमुख ट्रान्जिट भएका कारण पनि सबैको निशानामा रहेको थियो । इरानबाट हातहतियार ल्याउनका लागि लेबनानी सिया इस्लामिसट संगठन हेजबोल्लाहको प्रमुख ट्रान्जिट पनि सिरिया नै रहेको थियो । जसका लागि पनि उसले सरकारलाई सहयोग गर्न हजारौ सेना सिरिया पठाएको थियो ।

उता अमेरिकाले भने सिरियामा भएको विनाशको जिम्मेदार राष्ट्रपति असाद भएको बताएको थियो । उनले सिमित मात्रामा सैन्य सहयोग गरेको र आतंकवादीसँग अत्याधुनिक हतियार भएको बताउँदै आएका थिए ।

सन् २०१४ को सेप्टेम्बरदेखि अमेरिकाले सिरियामा हवाइ आक्रमण गर्न सुरु गर्यो । पहिलो आक्रमणमा अमेरिकाले एयरबेसमा गरेको थियो । पछि सोही केन्द्रलाई केन्द्रित गरी केमिकल आक्रमण पनि भएको थियो ।

साउदी अरेबियामा सुन्नीको शासन रहेको छ । यसले इरानलाई काउन्टर दिदै आइरहेको छ ।

विद्रोही पक्षलाई समर्थन गर्दै आइरहेको टर्कीले कुर्दिस पपुलर प्रोटेक्सन युनिटलाई मिलिसिया सहयोग गर्दै आइरहेको छ ।

युद्धको असर

युएनको रिपोर्टका अनुसार बितेको पाँच वर्षमा २ लाख ५० हजार मानिसहरुको ज्यान गइसकेको छ । सन् २०१५ पछि युएनले उक्त रिपोर्टबारे अपडेट भने गरेको छैन

युकेमा रहेको एक सर्बेक्षण समुहले सन् २०१६ सम्ममा ३ लाख २१ हजारको ज्यान गएको बताएको थियो ।

५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।

अर्को रिपोर्ट अनुसार भने सन् २०१६ को फ्रेबअरीमा ४ लाख ७० हजारको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको थियो ।५० लाखभन्दा बढी मानिसहरुले सिरिया छाडिसकेका छन् । लेबनान, जोर्डन, टर्कीले ठुलो संख्यामा शरणार्थी समस्या भोग्नु परेको तथ्य बाहिर आएको थियो ।

१० प्रतिशत शरणार्थीहरु सुरक्षीत रुपमा युरोप पुगेका थिए ६३ लाख सिरियाली जनता भने बेघर भएका छन् । ८५ प्रतिशत सिरियाली जनता गरिबीको रेखामुनि रहेका छन् ।

हेर्नुहोस् आक्रमणमा परेका अन्य तस्विरहरु

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

-peoplesdailynepal.com

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४     8:23:29 AM  |