नेपालगन्ज/ नेपालगन्जको चिकन ६५ रेस्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी निरीक्षकलाई नियन्त्रणमा लिएको छ ।रेष्टुरेन्टमा बोलाएर सेवाग्राहीबाट लिएको २८ हजार नगद रुपैया र सुकुटी माछा सहित पक्राउ गरिएको आयोगको कार्यालय कोहलपुरले जनाएको छ ।
अख्तियारका अनुसार क्षेत्रीले मेडिकलसँग अबैध रुपमा रकम माग्ने गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरेको बताएको छ । अहिले क्षेत्री थप अनुसन्धानका लागी अख्तियारको नियन्त्रणमा छन ।
प्रकाशित मिति : २०७४ फागुन १५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्