दोहा, कतार –
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कतार शाखाको पहिलो अधिवेशन मार्च १६ मा हुने भएको छ । अधिवेशनमा वरिष्ठ उपाध्यक्ष तथा विदेश विभाग प्रमुख रमेश बिजी प्रमुख अतिथिका रुपमा मार्च १५ मा कतार आउने भएका छन् ।
प्रतिष्ठानको अधिवेशनको लागि वरिष्ठ उपाध्यक्ष बिजी को साथमा केन्द्रीय कोषाध्यक्ष दिपक खड्का समेत बिशेष अतिथिको रुपमा दोहा आउने कुरा तदर्थ समितिका संयोजक कृष्ण बरालले बताए ।
प्रतिष्ठानको विधानको पछिल्लो संसोधनले विदेशमा कार्यरत कलाकारहरु लार्इ लक्षित् गर्दै बैदेशिक शाखा खोल्न पाउने प्रावधान गरेको थियो ।
प्रारम्भिक कमिटीमा व्यापक छलफल गराई गत नोभेम्बर १० तारिकमा कतारको दोहा स्थित मुन्तजा पार्कमा भेला भएका कलाकार एबं कलाप्रेमी हरुको आपसी सहमतिमा प्रतिष्ठानको तदर्थ समिति गठन भएको थियो ।
शाखाको यही मार्च १६ शुक्रबार दोहामा अवस्थित सालिमार प्यालेसको सभाहलमा पहिलो अधिवेशन हुने तय भएको छ । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले कतारमा रहेर लोक गीतसंगीतमा सकृय कलाकर्मी, संगीतप्रेमी हरुलाई संस्थाको सदस्यता लिन आव्हन गरेको छ ।
प्रतिष्ठानले मार्च १५ तारिख बिहिवार सम्म सदस्यता वितरण गर्ने जानकारि दिँदै अधिवेशन को तयारि अन्तिम चरणमा पुगेको संयोजक बरालले बताउनु भयो ।।
प्रतिक्रिया दिनुहोस्