2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

कोहलपुरमा आज बृहत सांस्कृतिक कार्यक्रम हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४  

कोहलपुर,१२ फागुन/  कोहलपुरमा आज एक दिने वृहत साँस्कृतिक कार्यक्रम हुँदै छ । होटल व्यवसायी बाँकेको आयोजना तथा गोल्डेन वाकको आर्थिक सहयोगमा चर्चित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती सहित कार्यक्रम हुन लागेको हो ।

यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा आगामी चैत्र २० देखि २५ गतेसम्म कोहलपुमा हुन गइरहेको राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताको सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागिएको होटल व्यवसायी बाँकेका अध्यक्ष बलराम भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रमा चर्चित हाँस्य कलाकारहरु मनोज गजुरेल, जितु नेपाल, रवि डंगोल, जानुका केसी, चर्चित गायक कालीप्रसाद वास्कोटा, मोर्डन डान्सर रुविना अधिकारीका साथै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान बाँके शाखाका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।

साथै मध्य तथा सुदूरपश्चिम क्षेत्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत पर्यटकिय ठाउँहरुको भिडियो तथा डकुमेन्ट्री निर्माण गरी प्रचार प्रसार पनि गरिने भएको छ ।

कार्यक्रममा उपस्थित भई सफल बनाइदिन हुन आयोजकले सबैमा अनुरोध समेत गरेको छ । कार्यक्रम फागुन अहिले बिहान ११ बजेबाट कोहलपुर न्यूरोड स्थित खुल्ला शहिद मञ्चमा हने शुरु हुने छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     7:58:19 AM  |