24 September 2023  |   आइतवार, अशोज ७, २०८०

रुपाचा विलिभर्सको ११औं वार्षिक उत्सव सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४  

कोहलपुर,१२ फागुन/   कोहलपुर नगरपालिका–१० स्थित रुपाचा विलिभर्स इंग्लिस मिडियम स्कुलको एघारौं वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ ।

वार्षिक उत्सव कार्यक्रमको कोहलपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष निरज चलाउनेले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष चलाउनेले विद्यालयको ११ वर्ष पूरा गरी १२ वर्ष प्रवेश गरेको उपलक्ष्यमा शुभकामना दिदै विद्यालयलाई अझै व्यवहारिक र गुणस्तरिय शिक्षामा जोड दिन गरे ।

त्यस्तै सोही अवसरमा कार्यक्रममा त्यस्तै वार्षिक उत्सवको अवसरमा गतवर्ष शैक्षिक स्तरमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिनुका साथै वर्षभरी संञ्चालन गरिएका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।

सोही अवसरमा विद्यार्थीहरुद्वारा विभिन्न साँंस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सनका राष्ट्रिय सचिव कुसुम रानाभाट,बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका पाठ्यक्रम विकासका संयोजक प्राध्यापक एकराज शर्मा,विद्यालयका प्रिन्सिपल पुर्ण घले, अभिभावक , विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम उर बहादुर घलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     7:34:09 AM  |