धनुषा,११ फागुन/ जनकपुरमा कलेजका छात्राहरुलाई बाटोमा जिस्काएर दुव्र्यवहार गर्ने एकजना पुरुष प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा महोत्तरी गोनरपुरा गाउँपालिका–१ बस्ने ३० वर्षका सन्तोष यादव रहेका छन् ।
शुक्रबार विहान जनकपुर उपमहानगरपालिका–९ संकटमोचन मन्दिर नजिक कलेज जाँदै गरेका छात्राहरुलाई जिस्काउने क्रममा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको अपराध शाखाको टोलीले पक्राउ गरेको हो ।
यादवले कलेजका छात्राहरुलाई पहिलादेखि नै जिस्काउँदै आएको पूर्व सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवमाथि सार्वजनिक अपराध अन्तर्गत जिल्ला प्रसाशन कार्यालय धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति : २०७४ फागुन ११ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्