20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लमही–कोइलाबास सडकको निर्माण कार्य सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४  

दाङ,१० फागुन/ लामो समयसम्मको अन्यौलतापछि हुलाकी मार्ग अन्तर्गत दाङको लमही–कोइलाबास सडकको निर्माण कार्य सुरु भएको छ ।

राप्तीको प्रवेश मार्गको रुपमा रहेको नेपाल भारत सीमा क्षेत्रको कोइलाबास नाका प्रयोग विहिन हुनुको मुख्य कारण मानिएको सडकको निर्माण कार्य सुरु भएपछि स्थानीय बासिन्दामा नयाँ आशा पलाएको छ ।

लमही कोइलाबास सडक साढे दुई वर्षमा कालोपत्रे गरिसक्ने गरी कालीका कुमार जेभीले ६४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । काम सुरु भएको ६ महिनामा करिब १५ किलोमिटर सडक चौडा पार्ने काम अन्त्य तिर पुगेको निर्माण कम्पनीले जनाएको छ ।

लमही नगरपालिकादेखि गढवा बजारसम्म जग्गाको मुआब्जा वितरण नभएकाले त्यो बाहेकको क्षेत्रमा अहिले काम भैरहेको छ । यो सडक क्षेत्रमा पर्ने ७ सय ९९ कित्ता जग्गाको मुआब्जाका लागि १५ देखि २० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

जग्गा धनिसँग मुआब्जाको विषयमा सहमती भैसके पनि प्राविधिक कारण भन्दै अहिलेसम्म मुआब्जा वितरण गरिएको छैन ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०७४     8:07:23 PM  |