एजेन्सी,१० फागुन/ अमेरिकाको सेन्ट लुइसमा रेडियो प्रस्तोता क्यासिड प्रोक्टरले बिहानी ‘लाइभ’ कार्यक्रमकैक्रममा बच्चा जन्माएकी छन् ।
उनी ‘द आर्क स्टेसन’का साप्ताहिक कार्यक्रमकी प्रस्तोता हुन् । प्रोक्टरलाई प्रशव पीडा सुरु भएपछि रेडियो स्टेसनले अस्पतालमै मंगलबारको कार्यक्रम प्रसारण गर्ने व्यवस्था मिलाएको थियो ।
प्रोक्टरले बच्चा जन्माउने दिन पहिले नै तय भएपनि अचानक रेडियो कार्यक्रम गर्नुपरेको बताइएकी छन् ।
बच्चा जन्माउँदाको आफ्नो जिन्दगीको मूल्यवान क्षण स्रोतासँग बाँड्न पाउनु स्मरणीय अनुभव भएको उनको भनाइ छ । उनले बच्चाको नाम स्रोतासँगको सुझावमा ‘जेमसन’ राखेकी छन् ।
प्रोक्टरका सहकार्यक्रम प्रस्तोताले उक्त कार्यक्रम शानदार अनुभव भएको बताएका छन् ।
प्रकाशित मिति : २०७४ फागुन १० गते बिहीबार
प्रतिक्रिया दिनुहोस्