19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नृत्य प्रतियोगितामा निम्बल एकेडेमी प्रथम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

कोहलपुर,९ फागुन/ बाँकेको कोहलपुरमा सम्पन्न भएको कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ मा “विद्यालय स्तरिय नृत्य प्रतियोगिता”मा निम्बल एकेडेमी प्रथम भएको छ ।

त्यस्तै सो प्रतियोगितामा जनज्योति स्कुल द्वितीय, कोहलपुर लिटिल ऐन्जल्स स्कुल तृतीय र बाल विद्या मन्दिर स्कुल सान्त्वना भएको छ ।

उक्त प्रतियोगितमा यस क्षेत्रका २० वटा विद्यालयहरुले सहभागिता जनाएका थिए भने प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ३० हजार, द्वितीय हुने विद्यालयलाई २० हजार, तृतीय हुने विद्यालयलाई १० हजार र सान्त्वना हुने विद्यालयलाई ५ हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ ।

साथै सहयभागि सम्पूर्ण विद्यालयहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सो प्रतियोगिताको निर्णायक कुलमान नेपाली सुर्खेत, नन्दा बस्याल काठमाण्डौं र कृष्ण रेउले काठमाण्डौं रहेको कला तथा साँस्कृतिक उप समितिका प्राविधिक उपसंयोजक देविलाल विकले बताए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     8:28:03 PM  |