एजेन्सी,७ फागुन/ गायक अरिजीत सिंहप्रति बलिउड अभिनेता सलमान खानको रिस अझै शान्त भएको छैन ।
केही वर्षअघि सलमान खानको फिल्म सुल्तानको लागि अरिजीतले एउटा गीत गाएका थिए तर सलमानले अरिजीतको गीतलाई हटाएर पाकिस्तानी गायक राहत फतेह अली खानलाई गाउन लगाएका थिए । हालै सलमानले फेरि पनि अरिजीतलाई हटाएर पाकिस्तानी गायकलाई नै गीत गाउन लगाएका छन् ।
फिल्म दबंगमा सँगै काम गरेकी अभिनेत्री सोनाक्षी सिन्हा अभिनित फिल्म ‘वेलकम टू न्यूयोर्क’ को एउटा गीतमा सलमान अतिथि भूमिकामा छन । त्यो गीत गायक अरिजीतले गाएका छन । तर सलमानले अरिजीतको आवाजमा आफूले अभिनय नगर्ने र उक्त गीतबाट अरिजीतलाई हटाउन भनेपछि त्यस गीतबाट अरिजीतलाई हटाइएको छ । अब उक्त गित अरिजीतको सट्टामा राहत फतेह अली खानलाई गाउन लगाइएको छ ।
चार वर्षअघि सलमान खानले संचालन गरिरहेको एक अवार्ड शोमा सलमान र अरिजीतबीच खटपट भएको थियो । जब सलमानले अरिजीतलाई अवार्डका लागि स्टेजमा बोलाएका थिए तब अरिजीतले सलमानलाई तपार्इँले मलाई यो कार्यक्रममा सुताइदिनुभयो भनेका थिए । त्यसै कार्यक्रमबाट सलमान अरिजीतसँग रिसाएका हुन् ।
सलमानले उनको फिल्म सुल्तानमा अरिजीतले गाएको ‘जग घुमिया’ गीतबाट अरिजीतलाई हटाएका थिए । त्यो गीत पाकिस्तानी गायक राहत फतेह अली खानलाई गाउन लागाएका थिए । यस्तै सलमान खानको अर्को फिल्म ‘टाइगर जिन्दा ह’े को ‘दिल दिया गल्ला’ गीत पनि पाकिस्तानी गायक आतिफ असलमले गाएका छन् । अरिजीतले सलमानसँग कयौं पटक माफी पनि मागेका थिए तर सलमानले अझै अरिजीतलाई माफ गर्न सकेका छैनन् ।