14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

केपी ओली लाई एक वेरोजगार युवक को पत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४  

सुनिल धिताल चौरजाहारि नगरपालीका रुकुम हाल बिदेशि भुमि बहराईन मानामा
मिति:२०७४/११/०५

श्रीमान प्रधानमन्त्री (के पी शर्मा ओली) ज्यु
अभिवादन! तथा नमस्कार।
संघिय नेपालको प्रथम प्रधानमन्त्री र नेपालको ४१ औ प्रधानमन्त्री हुनुभएछ , कसरी दिउँ म हजुरलाई बधाई का दुई शव्दहरु …… । सर्वप्रथम त मेरो व्यक्तीगत तर्फवाट हार्दिक बधाई टक्रयाउन चाहान्छु।


एउटा सर्वसाधारण जनता को नाताले तपाई जस्तो राष्ट्रनायक ,राष्ट्रचालक गरिविले भरिएको दुःखी सन्ततिको देश नेपालले प्रधानमन्त्री को रुपमा पाउनु एउटा सौभाग्य ठानेको छु।म एउटा सर्वसाधारण किसान मजदुर को सन्तान ले तपाई सँग प्रत्यक्ष रुपमा भेट्न ,वोल्न ,कुरा गर्न ,फोन गर्न र पत्र लेख्न असम्भव र कल्पनाविहिन छ। मैले सुनेको इतिहासको पानामा नेपालको संघिय गणतान्त्रातमक प्रथम प्रधानमन्त्री मा तपाईको नाम रहिसकेको छ। यसो त तपाई दोस्रो पटक र नेपालको ४१औ प्रधानमन्त्री भईसक्नुभएको छ। हुन त एक सर्वसाधारण को कुरा श्रीमान ले वास्ता नगर्नुहोला, तर तपाई यो देशको चालक भएकोले पनि व्यस्त समयका वावजुत यो मेरो सुझावपत्र हैन हौसलापत्र को रुपमा लिई पढिदिनुहुने छ भन्ने पुर्ण आशा लिएको छु र विनम्रता पनि टक्रयाउन चाहान्छु। सवैका ओठमा मुस्कानले भरिएको देखेँ सवैका आँखामा खुःसी का आँसु झरेको देखेँ , वुढा बावाले कानमा रेडियो लगाएर सुन्दै हुनुहुन्थ्यो बुढीआमाले
सुःख संग मर्न पाईने भो भन्दै हुनुहुन्थ्यो ,आमाबाबा ले पनि सन्तानको सुख देख्न पाईने भो भन्दै हुनुहुन्थ्यो कारण तपाईलाई प्रधानमन्त्री पाउँदा। श्रीमान हाम्रो देश नेपाल एउटा रेल हो या बस हो भने तपाई चालक हो भने हामी नेपाली यात्रु हौ भने हाम्रो जिवन यात्रा हो, तपाईकै हातमा हुनेछ अवको केहि बर्ष हाम्रो यात्राको दिशा निर्धारण। संसारको कुनैपनि मान्छेका आ-आफ्ना शत्रु र विरोधी हुन्छन रे , तर मलाई लाग्छ तपाई का शत्रु बिरलै होलान। मैले देखेको तपाई का शत्रु र बिरोधिहरु पनि तपाईका गुणहान गाउँदै हिडेका छन। श्रीमान राष्ट्रनायक ज्यु, म तपाई लाई नेपालको राष्ट्रनायक र राष्ट्रचालक ले सम्वोधन गर्छु है ? म एउटा देशप्रेमी सर्वसाधारण विद्यार्थी हुँ त्यसैले म तपाई का देशप्रतिका सवै योजना , सपना र उद्देश्य पुर्ण र उत्साहाजनक रुपमा सहमति र समर्थन गर्न चाहान्छु। जहिलेदेखी मैले तपाई लाई चिन्न थालेँ त्यहिले देखि नै मेरा राष्ट्रप्रेमका सपना पुरा गर्ने हिम्मत तपाई मा अवश्य पनि होला जस्तो लागेको थियो। म एउटा सर्वसाधारण विद्यार्थी कुनैपनी पार्टी र राजनितिक दलतर्फ समर्पित छैन, र हुन पनि चाहान्न। यसअघि भएका दुईवटैनिर्वाचनमा मैले आफ्नो मताधिकार प्रयोग गरेँ। भरसक मैले सहि र योग्य व्यक्ति छान्ने प्रयास गरेको थिएँ, मैले तपाईवाट यो पनि सिकेको छु। निर्वाचनमा मैले कुन नेता र दल लाई भोट दिएँ भनेर खुलाउन आवश्यक ठान्दिन। तपाईले पनि मलाई एउटा शुभचिन्तक सम्झिनुहोला। मलाई मेरी नेपाल आमाको चिन्ता सँधै सँधै लागिरहन्छ। मैले मेरो नेपाल आमाप्रति देखेका सवै सपना मेरोलागि सायद असम्भव छन। तर तपाई मा अधिकार प्राप्त छ कि मेरा सपना पुरा गर्न सक्ने। मेरा लागि भने यि सवै “आकाश को फल ,आँखा तडि मर ” जस्तै छन। हाम्रा पुर्खा , वावुबाजे ले सहेको दुःख कष्ट देन र योगदान को बारेमा मलाई भन्दा तपाई लाई धेरै जानकारी होला। हालको परिस्थितिमा पनि हाम्रो युवा पिढिका समस्याहरु केहि मात्रामा मलाई जानकारी छ। भन्छन “अचानो को पिर खुकुरी लाई के थाहा ” । बिचरा खुकुरीले त सोच्छ होला मैले अचानोको सेवा गर्छु भनेर, तर पिर अचानोलाई मात्र थाहा हुन्छ। श्रीमान, मैले तपाई लाई अपमान गरेको नसम्झनुहोल । संविधानसभाको पहिलो निर्वाचन तिर म सानै थिएँ तर पनि म मा देशप्रेम ले भने अङ्गालिसकेको थियो । त्यतिवेला सम्म मैले तपाईको नाम सुनेको थिएँन। संविधानसभाकोदोस्रो निर्वाचनयता मैले कताकति झै तपाईको नाम सुन्दै आएको थिएँ। मलाई तपाईको फोटो देख्न त्यतिवेला असम्भव थियो तर रेडियोमा मैले तपाईको नाम आवाज सुन्ने गर्थेँ। संविधानसभाको दोस्रो निर्वाचन पछि तपाई तत्कालिन नेकपा एमाले को पार्टि अध्यक्ष्य वन्नुभयको थियो जस्तो लाग्छ। त्यतिवेला नै मेरो मनले तपाई लाई देशको भावी चालकको रुपमा लिईसकोको थियो। किन किन म सानै उमेरमा मैले आफुलाई नेपाल आमाको सवैभन्दा मायाँ गर्ने पुत्र ठान्दँथे। तपाई आफ्नो जिवनको पहिलो पटक प्रधानमन्त्री हुनभयो तपाईले छोटो समयमै गरेका काम र देखेका सपना नेपाल आमाको लागि स्वर्ग थिए। भन्छन “नदेखेको सपना र नलियको उद्देश्य कहिल्यै पुरा हुदैन रे ” यो सवै तपाईको देशप्रेम र कर्तव्य थियो। मलाई तपाईको भषणमा नै विश्वास लाग्थ्यो कि तपाईमा पनि म मा जस्तै देशप्रेम छ भनेर । तपाई छटो समयमै प्रधानमन्त्री वाट राजिनामा दिने दिनको तपाई को भाषण सुनेको थिय त्यतिवेला मैले देशप्रेम महसुस गर्न पाएको थिएँ। र मेरा आँखा पनि रसाएका थिए। र मैले सोचेको थिएँ कि तपाई जस्तै देशप्रेमी प्रधानमन्त्री हामीले पाईराखौ भनेर। अनि तपाई फेरे पनि देशप्रेमी प्रधानमन्त्रीहुनुहुनेछ भनेर । आज मैले त्यो दिन पाएको छु , त्यसको श्रय म नेपाली आमावुवा दाजुभाई दिदिवहिनि हरुलाई दिन चाहान्छु। श्रीमान, तपाई को नाममा नेट ईन्टरनेटमा बिभिन्न उखान टुक्काहरु पाएँ तर सधैँ तिनलाई वेकार ठानिरहेँ। न विदेश जान सक्ने न त पढ्ने पैसा नै भएका युवाहरुले आज तपाई को नाम जपिरहेका छन । श्रीमान मैले सुनेको कहाँ बेरोजगार भत्ता त कतै सबै रोजगारयुक्त छन रे । यस्तै आशाको स्रोत मैले हजुरलाई नै रोजेको छु। तपाईका योजना हरु सबा त मलाई थाहा भएनन तर थाहा भएका सवै सहि र योग्य छन। अगाडिदेखी नै मैले तपाईलाई भेट्न चाहेपनि अवसर मिलेको थिएन। र सम्भव पनि थियन। श्रीमान मेरो पत्रलाई अन्यथा नलिईदिनुहोला हतारका बावजुत मैले यो छोटो पत्रको प्रत्युत्तर को आशा गरिरहनेछु ।मेरो प्यारो प्रदेश नं छ मा बिभिन्न बिकासका सम्भावना र ………………………???

प्रकाशित मितिः आइतवार, फाल्गुन ६, २०७४     5:58:04 PM  |