कोहलपुर,५ फागुन/ बाँकेको कोहलपुरमा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको आठौं दिन शनिबार बद्री पंगेनीले गीत गाउँदा उपस्थिति दर्शकहरुको आँखमा आँसु आएका थिए ।
मुख्य आकर्षकको रुपमा रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित दर्शकका आँखा रसाए । “आमा विदा पाउँदिन्, अहिलेको सालमा नी आमा घरमा आउँदिन्” बोलको गीत गाउँदा उपस्थित दर्शकहरु मध्ये वृद्वहरु धुरुधुरु रोएको देखिन्थ्यो ।
स्टेज तल झरेर वृद्व आमाबुबाको आँसु पुच्छै गीत गाउँदा बद्री पंगेनी स्वयम्ले पनि आँसु झारेका थिए । नेपाली युवाहरु बिदेशीनु परेको पीडा र घरमा बुढा आमा बुबा एक्लै हुँदाको पीडालाई गीत मार्फत सुनाउँदा उपस्थित सबैको आँखा रसाएको थियो ।
साथै ब्रदीले रुवाउनुको साथै दर्शकलाई नँचाएका पनि थिए । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ ‘कान्छी ओई कान्छी’ लगायतका गीतमा छमछमी नँचाएका पनि थिए ।
त्यस्तै गायकत हेमन्त शर्माले “माया त यस्तो होस्, गुडेको रेल पनि” लगायत भोजपुरी गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
त्यस्तै गायिका सपना शाहीले आफ्ना गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएकी थिईन् । उनले “हे ज्यान मारा, मलाई मन प¥यो कोहलपुरकै ठिटो, पहिलो भेटमा देऊ चिनो रुमाल” लगायतका गीतहरु गाएकी थिईन् । साथै हाँस्कलाकार रमेश दुलालले विभिन्न जीवजन्तुहरुको आवाज निकालेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
त्यस्तै महोत्सवको दशौ दिन भोलि राष्ट्रिय कलाकार नेपालका चर्चित गायिका टिका पुन, आधुनिक गायक रमेश राज भट्टराई, बैकुण्ठ महत र हाँस्यकलाकार प्रकाश कँडेल लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् । राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने कला संस्कृति, अतिथि अत्कार, यातायात तथा अवास व्यवस्थापन उपसमितिका संयोजक नम प्रसाद शर्माले जनाएका छन् ।