रेडपाण्डाको छालासहित तुल्सीपुरबाट २ जना पक्राउ



कोहलपुर,३ फागुन/    दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दाङको तुल्सीपुरबाट २ जना पक्राउ परेका छन् ।

५ नम्बर प्रहरी अनुसन्धान ब्युरो नेपालगन्जबाट खटिएको टोलिले तुलसिपुर उप–महानगरपालिका ९ बेलुवाबाट एक थान रेडपाण्डाको छालासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका ३ सल्यान बस्ने टोपबहादुर ओली र कपुरकोट गाउँपालिका ६ सल्यान बस्ने रुपलाल बोहरा रहेको ५ नम्बर प्रहरी अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक अरुण कुमार सिहले जानकारी दिए ।

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार हुदै छ भन्ने बिशेष सुराकीको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । छालासहित पक्राउ परेका २ जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागि ५ नम्बर प्रहरी अनुसन्धान ब्युरोले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बुझाएको छ ।

यसैबिच नेपालगन्ज उप–महानगरपालिका १ धम्बोझीको एक घरबाट भन्सार छली गरेर गोदाम गरेको समान प्रहरीले नियन्त्रणमा लिएको छ । ५ नम्बर प्रहरी अनुसन्धान ब्युरो नेपालगन्जको टोलीले अवैध रुपमा गोदाम गरेर राखिरहेको अवस्थामा सामानहरु नियन्त्रणमा लिएको छ ।

झण्डै १० हजार मुल्य बराबरको विभिन्न सामान नियन्त्रणमा लिएर ब्यूरोले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई बुझाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार