विकास निर्माण कार्यको अनुगमन



कोहलपुर,३ फागुन/   राप्तीसोनारी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ का लागि हालसम्म सम्झौता भएका अधिकांस योजना कार्यान्वयनको प्रक्रियामा आउन थालेका छन् ।

गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्ल र अनुगमन समितिका सदस्य देबराज कुमालले बुधबार ती योजनाहरुको अनुगमन गरेका हुन् ।

वडा नम्बर ३ र ४ का १२ वटा योजना अनुगमन गर्दा अधिकांस निर्माणको प्रक्रियामा रहेको पाइएको उपाध्यक्ष खत्रीले बताइन् गाउँपालिकाको वडा नम्बर ३ मा स्थानीय पुर्णबहादुर खड्काको घरदेखि भित्रजाने ७० मिटर बराबरको ग्राभेल निर्माण पुरा भइसकेको छ ।

सरस्वती माध्यामिक विद्यालयदेखि मिलन चोकसम्मको १३ सय ८० मिटर कालोपत्रे निर्माणका लागि हुमपाईप हाल्ने काम भइरहेको छ । सरस्वती माविदेखि सिसवा सहकारी सम्मको कालोपत्रे २६ सय मिटर कालोपत्रे योजनाका लागि नाला निर्माणको काम चलिरहेको छ ।

यसैगरी वडा नम्बर ४ मा जनशक्ति माध्यामिक विद्यालयको माथिल्लो तला थप्ने योजनाको काम जारी छ । बैजापुरस्थित कुम्भर गाउँमा ३ सय मिटरभन्दा लामो माटो पटान र ग्राभेल बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

राजपुर चप्पर सोतामा तटबन्ध तथा कल्भर्ट निर्माणका लागि फाउण्डेशन खनेर तयार गरिएको छ । यस्तै भुवरभवानीको मन्दिर परिसरमा प्रतिक्षालय र खानेपानी योजना निर्माण कार्य सम्पन्न भइसकेको छ ।

वडा नम्बर ४ को प्रसोहना गाउँमा ४ सय मिटर लामो ग्राभेल बिछ्याउने काम सम्पन्न भइसकेको छ । वडा नम्बर ४ को माहु गाउँमा कचवे निर्माणका लागी काम सुरु भइकेको छ ।

सोही वडाको बैजापुर स्वास्थ्य चौकी अगाडि हुमपाईप राख्न फाउण्डेशन खनेर तयार गरिएको पाइएको अनुगमन टोलीका सदस्य एवम् प्रमुख प्रशासकिय अधिकृत भरतकुमार मल्लले बताए

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन ३ गते बिहीबार