18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

प्रेस सेन्टर नेपालको आज सम्मेलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २०, २०७३  

कोहलपुर, साउन २०
प्रेस सेन्टर नेपाल बाँकेको आज (बिहीबार) जिल्ला सम्मेलन हुने भएको छ । नेपालगञ्ज स्वस्तिक होटलमा बिहान ११ बजेदेखि कार्यक्रम शुरु हुने अध्यक्ष प्रदिप वाग्लेले जानकारी दिए । क्रान्तिकारी आस्था राख्ने पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल बाँकेको एकता भेला र जिल्ला सम्मेलन हुन लागेको उनले बताए । सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गर्ने बताइएको छ । कार्यक्रममा विभिन्न आस्थाका पत्रकार संगठनहरु, राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहने उनले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन २०, २०७३     11:05:54 AM  |