करेन्ट चाउचाउको बिक्री शुरु



कोहलपुर,०१ फागुन/   करेन्ट तयारी चाउचाउको मंगलबारदेखि नेपालअधिराज्य एक साथ बिक्री वितरण सार्वजनिक गरिएको छ ।

शिवरात्रीको पावन अवसरमा चाउचाउले देशभरबाट एकसाथ बजारमा विक्री वितरण सुरु गरिएको हो ।

प्रदेश नं. ५ को अधिकृत बिक्री वितरण रहेको नेपालगन्ज कार्यालयले मंगलबार नै एक कार्यक्रमका विच चाउचाउ बजारमा विक्री वितरण गरेको जनाएको छ ।

बजारमा चाउचाउ विक्रीवितरण सुरु गर्दा चाउचाउले पनि सम्पुर्ण जनताले रुचाउने आश रहेको यशोदा फुड्स प्रालिका क्षेत्रीय म्यानेजर भुपाल मान विष्टले उपभोक्ताहरुता जानकारी गराएका छन् ।

लाली चाउचाउले बजारमा आफ्नो गुणस्तरीयता कायम गरिसकेपछि कम्पनीले करेन्ट चाउचाउ बजारमा ल्याएको क्षेत्रीय म्यानेजर विष्टले बताए ।

चाउचाउको विक्रीवितरण सुरु गरेको कम्पनीले मंगलबार नेपालगन्जको विभिन्न भाग परिक्रमा गरी विक्री वितरण शुरु गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १ गते मंगलबार