राष्ट्रिय ह्वीलचियर प्रतियोगिताका लागि सहभागी छनौट



कोहलपुर,२९ माघ/    बि.आई.ए को आयोजनामा आगामी मार्च ४ मा काठमाण्डांैमा हुने राष्ट्रिय ह्वीलचियर प्रतियोगितामा बाँकेबाट सहभागी हुने खेलाडी मंगलबार कोहलपुरमा छनौट गरिएको छ ।

कोहलपुरको गोलपार्क बाट होटल सेन्टर प्लाजा सम्म ह्वीलचियर दौड प्रतियोगिता गराइएको थियो । प्रतियोगितको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले रिबन काटेर खेलको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा कमल बहादुर क्षेत्री प्रथम तेज बहादुर राना द्धितीय र दिपक दराई तृतीय भएका थिए । अपाङ्ग स्वालम्वन केन्द्र बाँकेको आयोजनामा संञ्चालन गरिएको प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ३ हजार द्धितीय हुनेलाई रु २ हजार र तृतीय हुनेलाई रु १ हजार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण गर्दै कोहलपुर नगरपालिका प्रमुख रावतले अपाङ्ग भएर पनि सपाङ्ग सरह उत्कृष्ट खेल प्रर्दशन गर्नु निकै राम्रो काम भएको बाताए ।

प्रतियोगितामा बाँके जिल्लाका बैजापुर,कोहलपुर, चिसापानी शम्शेरगंज लगायतका क्षेत्रबाट गरी ९ जना अपाङ्गता भएका खेलाडीहरुको सहभागीता रहेको अपाङ्ग स्वालम्वन केन्द्र बाँकेका  जंग बहादुर डाँगीले जनाकारी  दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २९ गते सोमबार