कोहलपुर,२९ माघ/ चर्चित राष्ट्रिय गायककार प्रेम विवस घर्ती सोमबार कोहलपुरमा रहेको नोवेल प्रि मनटेश्वरीमा साना–साना बालबालिकाहरुसँग रमाउन पुगेका थिए ।
सोमबार करिब दुई घण्टासम्म मन्टेश्वरीमा बालबालिकाहरुलाई गीत गाएर सुनाए र बालबालिकाहरुसँगै रमाए । बालबालिकाहरुलाई खुशी बनाए ।
मनोरञ्जन गराए । उनले ‘हाम्रो नेपालमा….. , काफल बोटैमा…. , सिंगापुरी सारी… आदि गीतहरु गायर बच्चाहरुलाई रमाइलो बनाए र आफू पनि बच्चाहरुसँग रमाए ।
गायक घर्तीले मन्टेश्वरी रहेका साना बालबालिकाहरुलाई मनोरञ्जन दिलाए सँगै भने ‘ हामी कलाकारहरुलाई मेला महोत्सवहरुमा मात्र ध्यान हुन्छ र आयोजक संस्थाहरुले पनि यस्तै महोत्सवहरुका लागि मात्र बोलाउने प्रचलन रहेको छ । ’
उनले भावुक हुँदै थपे ,‘ तर साना नानी बावुहरुलाई मनोरञ्जनको बढी आवश्यकता छ र यस्ता मन्टेश्वरीहरुमा पढाइने बालबालिकाका लागि पनि हामी कलाकारहरुले अब समय दिनुपर्छ’ ।
मन्टेश्वरीमा गायक घर्ती आएर नयाँ सन्देश प्राप्त भएको महसुस आफूलाई अनुभूति भएको नोवेल प्रि मन्टेश्वरीकी सञ्चालिका लुना बुढाथोकीले बताइन् ।









प्रतिक्रिया दिनुहोस्