कविन्द्र परियार : कोहलपुर २८ माघ/ बाँकेको कोहलपुरमा जारी कोहलपुर उद्योग व्यापार तथा पर्यटन महोत्सवमा आईतबार लोक तथा दोहोरी गायक खुमन अधिकारी मेला आयोजकका पदाधिकारी तथा जेष्ठ नागरिकलाई समेत नचाएका छन ।
मंचमा उक्लिए संगै चल केटा चल बोलको गित बाट आफ्नो प्रस्तुति सूरु गरेका गायकले मायाले बाटेको डोरी बोलको गीत गाउँदा मेला समितका केही पदाधिकारी तथा थुप्रै जेष्ठ नागरिकहरु कमर मर्काई मर्काई नाचेका थिए ।
खुमनले झ्याउरे, पञ्चैबाजा,दोहोरीमा झ्याप लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।त्यस्तै लोक तथा दोहोरी गायक प्रेम विवश घर्तिले पनि आइतबार नै वेजोड प्रस्तुत देखाए ।
सुरुमा राष्ट्रिय गितबाट प्रस्तुति सूरु गरेका उनले कल गर है ,काफलको बोटमा, तथा टप्पा गित प्रस्तुत गर्दा थुपै्र युवा यूवतीहरु उफ्रि उफ्रि नाचेका थिए ।
त्यस्तै लोक दोहोरी गायिका सम्झना भण्डारीले पनि आफ्नो प्रस्तुति देखाएकी छिन आर्कर्षक पहिरनमा सजिएकी गायिका स्टेजमा उक्लिए संगै थुप्रै युवाहरुले निकै उत्साह र उमंगका साथ उनलाई साथ दिईरहेका थिए ।
सुमधुर स्वरकी धनी गायिका सम्झनाका थुप्रै प्रस्तुतिहरुमा दर्शकहरु मुग्दर्शक बनेका थिए । आईतबारको प्रस्तुतिमा स्थानीय कलाकारहरु तथा बागिना कलाकेन्द्रका कलाकारहरुले नृत्य तथा गायनहरु प्रस्तुत गरेका थिए ।
महोत्सवमा आज सोमबार आधुनिक गायक प्रमोद खरेल,नृत्यगंना टिका जैसी, गायक दिपक अधिकारी तथा लोक तथा दोहोरी गायक भरत क्षेत्री लगायतका कलाकारहरु आउने आयोजकले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्