२३ औं जिल्ला सम्मेलनलाई सफल पार्न राप्तीसोनारीमा पनि समिति गठन



डिल्ली शाही, माघ २४, कोहलपुर / राप्तीसोनारी गाउँपालिकास्थित नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले आफ्नो जिल्ला सम्मेलनलाई भव्य रुपमा सम्पन गर्न तयारी तीव्र पारेको छ । आगामी चैत्र १३ र १४ गते हुन गइरहेको २३ औं जिल्ला सम्मेलनलाई सफल पार्नकालागि तयारी गरिएको सा्रेतले जनाएको छ । अखिल क्रान्तिकारीले आफ्नो एकताको २३ औं जिल्ला सम्मेलनको तयारीका क्रममा बाँके जिल्लामा रहेका विभिन्न शिक्षण सस्थामा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तिव्रता दिएको छ । नेपालगन्ज, कोहपलुर, बैजनाथ, राप्तीसोनारी लगायत विभिन्न स्थानहरुमा रहेका शिक्षण संस्थाहरुमा आफ्नो संगठन विस्तार गरेको छ ।


राप्तीसोनारी गाउँपालिका गणेश उच्च माध्यामिक विद्यालय ढकेरीमा लक्ष्मी शाहाको अध्यक्ष सहित 21 सदस्यीय समिति निर्माण गरिएको छ ।
त्यस्तै केन्द्रिय सदस्य बाँके जिल्ला इन्चार्ज तुलसीमनि के.सी.ले कार्यक्रम उद्घाटन गर्दै शिवशक्ती उच्च माध्यामिक विद्यालयमा खुमराज ओलिको अध्यक्ष सहित ११ जना सदस्य, लक्ष्मी उच्च माध्याकिम विद्यालयमा कृष्ण गहतराज अध्यक्ष सहित ९ जना सदस्य, लक्ष्मी सामुदायिक क्याम्पसमा छवि के.सी. अध्यक्ष सहित ९ जना सदस्य, कुष्मेश्वर उच्च माध्यामिक विद्यालयमा कुशुम थापा अध्यक्ष सहित ९ जना सदस्य, जनता माध्यमकि विद्यालय ढकेरीमा मुना कवर अध्यक्षता सहित ९ जना सदस्य, नेपाल राष्ट्रिय माध्यामकि विद्यालय अगयामा ओम प्रकाश बुढा मगर अध्यक्ष सहित ९ जना सदस्य समिति निर्माण गरिएको बागेश्वरी पब्लिक क्याम्पस बहुमुखी क्याम्पसका अखिल क्रान्तिकारी विद्यार्थी संठगनका अध्यक्ष महेश बुढाथोकी पनि रहेका थिए ।

नेपालगञ्ज मध्यपश्चिम बहुमुखी क्याम्पसमा अम्मर बुढाको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्माण गरेको छ । त्यस्तै धम्बोजी उच्च माध्यामिक विद्यालयमा अंकित गुप्ताको अध्यक्षतामा २५ सदस्यीय इकाई समिति गठन गरेको छ । क्रान्तिकारीले कोहलपुरमा जिल्ला सम्मेलनको तयारीको लागि विभिन्न शिक्षण संस्थाहरुमा कमिटि गठन गरिएको छ । जसमा सगरमाथा माध्यामिक विद्यालयमा ज्योति हमालको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन गरेको छ । त्यस्तै लक्ष्मी माध्यामिक विद्यालयमा पदमा विकको अध्यक्षतामा ११ सदस्यीय, ज्ञान ज्योति माध्यामिक विद्यालय चप्परगौडिमा दिपक राज पौडेलको अध्यक्षतामा १३ सदस्यीय, राम जानकी माविमा टेक राज पाण्डेको ७ सदस्यीय कमिटि गठन गरिएको अखिल (क्रान्तिकारी) बाँके जिल्ला कार्यलय सदस्य तथा राप्तिसोनारी गाउँपलिका इन्चार्ज तथा बागेश्वरी बहुमुखी पब्लिक क्यामपस कोहलपुरका अध्यक्ष महेश बस्नेतले बताएका छन् । अखिल (क्रान्तिकारिका )केन्द्रीय सदस्य निशा रोकाय, जिल्ला सदस्य युबराज डि.सी. र अखिल (क्रान्तिकारी) बाँके जिल्ला कार्यलय सदस्य तथा राप्तिसोनारी गाउँपलिका इन्चार्ज तथा बागेश्वरी बहुमुखी पब्लिक क्यामपस कोहलपुरका अध्यक्ष महेश बस्नेत तगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार