भीम रावत कोहलपुर,२४ माघ/ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको विषेश पहलमा विषशज्ञ चिकित्सक सहितको चिकित्सकको टोलीले राजमार्गमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण गराइएको छ ।
मंगलबार क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर ,ईलाका प्रहरी कार्यालय कोहलपुर ,नेपाल प्रहरीको क्षेत्रीय अस्पताल नेपालगञ्जको चिकित्सक टोली र पत्रकारहरुको टोली सहितको अनुगमनमा राजमार्गमा सवारी चलाउने चालकहरुको ब्लड प्रेसर जाँच गरिएको थियो ।
अनुगमनमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खडका, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई पत्रकारहरु भीम रावत, राजेश आचार्य ,विषशज्ञ चिकित्सक श्रीविन्दु शर्मा सहित ट्राफिक प्रहरी र ईलाका प्रहरी कोहलपुरको प्रहरी
टोली रहेको थियो ।
आफ्नो ब्लड प्रेसर जाँच गराएपछि पूर्व पश्चिम राजमार्गमाट्रक चलाउने ना ३ ख ६७१३ नं का चालक रमेश रानाले ट्राफिक प्रहरीले यसरी हाम्रो स्वास्थ्य अवस्थाको बारेका परीक्षण गराउनु राम्रो गरेको प्रतिक्रिया दिए ।
त्यस्तै बाँकेको राप्तीसोनारीको ओभरी शम्शेरगञ्ज देखि कोहलपुर सार्वजनिक सवारी (जिप) चलाउने सूर्य बहादुर वलीले विगत १२ वर्ष देखि सोही रुटमा जिप चलाउदै आएको बताउँदै यो रुटमा कहिले काही ट्राफिकले यस्तो स्वास्थ्य परीक्षण गर्ने गरेको बताए ।
उनले भने,‘यस्तो कार्य हामी जस्ता चालकहरुका लागि राम्रो हो ’। क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले चालकहरुलाई काउन्सिलिङ समेत गरेका थिए ।
खड्काले चालकहरुलाई बाटोमा रेष्ट गर्ने ,सबैको सुरक्षीत यात्रा सहित गन्तव्यमा पु¥याउने, गाडिको गति सुन्तुलित र नियन्त्रित हुने गरी चलाउने, जस्ता विषयमा काउन्सिलिङ गरेका थिए ।
राजमार्गमा सवारी चेकजाँचका साथै १ सय ७२ जना चालकहरुको ब्लड प्रेसर चेकजाँच गरिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्