कोहलपुर नगरपालिकाको नयाँ कार्यालय उद्घाटन



भीम रावत , कोहलपुर २२ माघ / कोहलपुर नगरपालिकाको नव निर्मित भवनको ५ नम्बर प्रदेशका भावी मुख्य मन्त्रीको रुपमा हेरिएका नेकपा एमाले स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश नेकपा एमाले संसदीय दलका नेता शंकर पोखे्रलले उद्घाटन गरेका छन् ।
निर्धारित समय भन्दा आधा घण्टा अघि नै सम्पन्न गरिएको सो उद्घाटन कार्याक्रममा नगरपालिकाको बोर्ड र ब्यानर बिना नै मूल ढोकाको च्यानल गेटमा बाँधिएको रिबन काटेर भावी मुख्य मन्त्री पोखे्रलले कार्यालय भवनको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात सभाहलमा छोटो औपचारिक कार्यक्रम समेत गरिएको थियो । नगर प्रमुख लूट बहादुर रावतको अध्यक्षतामा भएको सो कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं .१० का वडा अध्यक्ष निम बहादुर चलायनेले स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि पोखे्रलले मुलु संघीय संरचनामा गए पश्चात सबै तहमा राज्यका तहगत नयाँ संरचनाहरु पनि बन्दै जाने र यसबाट जनतालाई छिटो छरितो रुपमा सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै उनले कोहलपुरलाई शिक्षा ,स्वास्थ्य र पर्यटनको क्षेत्रमा उदाहरणीय काम गर्न सकिने सम्भावना रहेको
बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार