दाङ,२२ माघ/ नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ ।
टरिगाउँ विमानस्थलमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा महराले सरकारले गरेका कतिपय निर्णयलाई अब बन्ने सरकारले उल्टाउने बताउनु भएको हो ।
वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी मुकामले देशैभरि विवाद सिर्जना गरेको उल्लेख गर्दै उहाँले प्रदेश मुकामको अस्थायी केन्द्र तोक्दा धोका भएको र अब राजधानी बनाउने जिम्मा प्रदेशसभामा आएको बताउनुभयो ।
नेता महराले फरकफरक दृष्टिकोण र मान्यता बोकेका दुई दलबीचको एकता भने जस्तो सजिलो नभएको उल्लेख गर्र्दै पार्टी एकता अहिलेको आवश्यकता भए पनि केही ढिला भए पनि पार्टी एकता हुने दाबी गर्नुभयो ।
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्