प्रादेशिक महोत्सवको आज समापन हुने



नेपालगञ्ज,२२ माघ/      नेपालगञ्ज कारकाँदो स्थित सडक डिभिजन परिसरमा यही माघ ११ गते बाट सञ्चालन भइरहेको “प्रादेशिक महोत्सव २०७४” को ११आँै दिन राजेसपालय राई, खुमन अधिकारी र दिनेश काप्mले लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन ।

महोत्सवमा दैनिक हजारौंको संख्यामा दर्शकहरु आइरहेको प्रचार प्रसार समितिका संयोजक बसन्त लामिछानेले जानकारी गराए । लामिछानेका अनुसार महोत्सवमा विभिन्न कलाकारहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरन्जन प्रदान गराएका छन्् भने व्यवसायिक गतिविधि समेत बढ्दै गएको पाइएको उनले बताए ।

महोत्सवको आज समापन गरिने छ । माघ ११ गतेबाट सञ्चालन भएको महोत्सवमा २ सय ६० वटा व्यवसायिक स्टलका साथै ५ कृषि, ४ जडीबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेका छन ।

५ लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय कुमार टण्डनले बताए ।

महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गराउन तथा दर्शकहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा समेत जडान गरिएकोले महोत्सव अवधिभर शान्ति सुरक्षाको व्यवस्था राम्रो रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २२ गते सोमबार