बर्दिया,१९ माघ/ जिल्ला बसोबास व्यवस्थापन समिति बर्दियाका नव नियुक्त अध्यक्ष काँग्रेस नेता रामकुमार थारुले शुक्रवार गुलरियास्थित समितिको कार्यालयमा पदबहाली गरेका छन् ।
कंग्रेसका कार्यवाहक सभापति मिश्रीलाल यादव,जिल्ला सदस्य मेकबहादुर गुरुंग ,महासमिति सदस्य बिजय दत देवकोटा,महाधिवेशन प्रतिनिधि जुवेदा खातुन,कंग्रेस नेता गोविन्द थारु,प्रेस क्लबका अध्यक्ष यम घिमिरे सहित कर्मचारी मिलन केन्द्रको सामुन्ने रहेको जिल्ला बसोबास व्यवस्थापन समितिको कार्यालयमा भुमिसुधार कार्यालयका प्रमुख तथा समितिका सदस्य सचिव कृष्णप्रसाद अधिकारीले पदबहाली गराएका हुन । नव नियुक्त अध्यक्ष थारुले हाजिरी पुस्तिकामा हस्ताक्षर गरि पदबहाली गरेका हुन।
पदबहाली ग्रहण गर्दे जिल्ला बसोबास व्यवस्थापन समितिका अध्यक्ष एंव कांग्रेस नेता रामकुमार थारुले सबैको सहयोगमा भुमिहीन र सुकुम्वासीका समस्या छिटोछरितो समाधान गर्न सकिने बताए । उनले समिति अन्र्तगत काम गर्ने कर्मचारीहरुले जनताको मन जितेर काम गर्न निर्देशन दिए ।
व्यवस्थित बसोबास बसोबास आयोग गठन आदेश २०७३बमोजिमसुकुम्वासी र भुमिहिनका समस्या राम्रोसंग बुझेका ६३बर्षीय लोकप्रिय कंग्रेस नेता थारुलाई सरकारले माघ ८ गते जिल्ला बसोबास व्यवस्थापन समितिको अध्यक्षमा नियुक् नियुक्ती गरेको थियो।
जिल्ला बसोबास ब्यवस्थापन समितिले जिल्ला भित्रका बिभिन्न स्थानमा रहेका स्लम बस्ती,अतिक्रमित सडक बस्ती,अव्यवस्थित बसोबास र अतिक्रमित कृषि सडक पहिचान गरि वास्तविक भुमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने नवनियुक्त अध्यक्ष थारुले बताए ।
समितिले सरकारी,सार्वजनिक र गुठी जग्गामा भएका अतिक्रमण रोक्न,अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधानका लागि समेत कार्य गर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्