ज्योेतीको प्रस्तुती हेर्न उर्लियो बाँसगढी



रावन विश्वकर्मा : बाँसगढी,१९ माघ/  दोस्रो बाँसगढी महोत्सवमा ज्योेती मगरको प्रस्तुती हर्ने मेयर, उपमेयर सहित बाँसगढी नै उर्लिएको छ । महोत्सवको सातौ दिन ज्योती मगरको प्रस्तुती हेर्न बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारी, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल लगायत विशिष्ट व्यक्तित्व सहित हजारौ बाँसगढी बासीहरु उर्लिए ।

छोटा छोटा लुगामा सजिएकी ज्योेतीले गित गाउन स्टेजमा देखिदा युवाहरुको कोलाहल मच्चियो । ‘बबाल छ मेरो यो जवानी सारै नै बबाल छ’ भन्ने गितबाट सुरु गरेकी ज्योेतीले बिस्तारै बिस्तारै माहोललाई तताउँदै गइन् । उनले ‘उही मुलाको सिन्की, चोर बिरालो पलक्यो, ओई ज्योेती ओई ज्योेती’ जस्ता गित
गाइन् । उनले गाईरहदा लगाएको जाकेट फुकाल्दा त झनै माहोल तातियो ।

जनमासलाई स्वयंसेवक र सुरक्षाकर्मीहरुलाई थाम्नै हम्मेहम्मे प¥यो । उनले सुर्खेत बुल्बुले जाउला भन्ने गित उफ्रदै गाउदै गर्दा छोटा छोटा लुगामा नाच्न हट मोडल निरुता क्षेत्रीलाई ज्योेतीले नाचनको लागि मञ्चमा बोलाउदा त झनै बबाल मच्यायो । मेलाको अन्य दिनहरु भन्दा बिहिबारको दिन विशेष दर्शकहरुको घुईचो निकै बढी थियो ।

त्यस्तै हाँस्य कलाकार प्रकास कडेल(गुलेली कान्छा) को प्रस्तुतीले पनि दर्शकहरुलाई हाँस्न बाध्य बनायो । महोत्सवमा १९ गते शुक्रबार (आज) मोडल तथा गायक दुर्गेश थापा, गायक अर्जुन कौशल, नबिन पौडेल लगायत राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा माघ १२ गते देखि सञ्चालन भएको महोत्सव २२ गते सम्म चल्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार