नेपालगञ्ज उपमहानगरले ग¥यो प्रगतिहरु सार्वजनिक



नेपालगञ्ज,१७ माघ/  नेपालगन्ज उपमहानगरपालीकाले आज पत्रकार सम्मेलनको आयोजना गरि पछिल्लो चरणमा गरिएका कार्यक्रम, योजना र बिकासका बारेमा छलफल गरेको छ ।
नेपालगन्ज उपमहानगरपालीकामा जनप्रतिनिधी भएर आईसके पछि नेपालगन्ज उपमहानगरपालिकामा १६ पटक बैठक बसेको र बोर्डले निर्णयहरु कार्यान्वयन का लागी पहल समेत गरेको नेपालगन्ज उपमहानगरपालीकाका प्रमुख धबल शम्सेर राणाले जानकारी दिनु भयो ।

आगामी वर्षको लागि ६६३ योजना बनाएको पनि उहाले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिकाले आजैबाट टोल फ्रि टेलिफोनको समेत सेवा बिस्तार गरेको छ ।

जनताको समस्या र जनगुनासोलाई सम्बोधन गर्नका निमित्त उक्त सेवाको बिस्तार गरेको राणाले जानकारी दिनु भयो । यहाँबाट नेपालगन्जउपमहानगरपलिका मा ह्ुने सेवा सुबिधाका बारेमा समेत जानकारी गराउने उहाले बताउनुभएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालीकाका मेयर डा. धबल सम्शेर राणाले नेपालगन्जका सबै बिकास निर्माणका कार्यलाई अगाडी बढाइ रहेको र केहि महिनामानै नेपालगन्जलाई परिबर्तित शहरको रुपमा बिकास गर्न लागेको उहाँले बताउनु् भयो ।

यस्तै उहाँले नेपालगन्जका सडक, बसपार्क, पार्किङ्ग स्थलहरुको निर्माण गर्ने पनि प्रतिबद्धता समेत गर्नु भएको छ ।

अबका दिनमा नेपालगन्ज उपमहानगरपालिकाले समय समयमा पत्रकार सम्मेलन गर्ने र नेपालगन्ज शहरको बिकास निर्माणमा पत्रकार जगतको महत्वपुर्ण भुमिका हुने पनि बताउनु भएको छ ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, प्रशासकिय अधिकृत हरी प्याकुरेल, नेपाल पत्रकार महासंघका अध्यक्ष, लगाएतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार