बाँसगढी,१७ माघ/ राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनीले महोत्सवर्मा ‘आमा छुट्टी पाँउदिन अहिलेको सालमा पनि आमा घरमा आउदिन’ भन्ने बोलको गीत गाउदा आम दर्शकहरु रुएका थिए ।
दोस्रो बाँसगढी महोत्सवको ५ औँ दिन गायक बद्री पंगेनी स्टेजमा आए सँगै माहोल एकाएक शान्त भयो । ‘प्याउली पलायो बाँसगढीको मायाँले फेरी बोलायो’ भन्दै स्टेजमा उत्रिएका पंगेनीले केही बेर सम्म माहोललाई शान्त बनाए ।
उनले आमाहरुको बैदेशिक पिडा सहितको गित आमा छुट्टी पाँउदिन अहिलेको सालमा पनि आमा घरमा आउदिन भन्ने गित गाइरहँदा मेला हेर्न आएकी कयौ आमाहरुको आखाँमा आँशु आउन बाध्य बनाए ।
उनले आमाहरुलाई मात्र होइन मञ्चमा रहेका अतिथि लगायत सबै दर्शकहरुलाई मर्माहित बनाए । उनले गाएको ‘लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ ’ भन्ने बोलको गित गाइरहँदा पनि मञ्चको माहोल शान्त नै रह्यो ।
उनले २ ओेटा गित दर्शकहरुको बीचमै गएर गाएका थिए । उनले धेरै उदाहरण दिदै दिदिबहिनी अब श्रीमानको तलवको भर नपरी आफै सक्षम हुन सिक्नु पर्ने कुरामा समेत जोड दिए ।
उनले ‘रातो पछेउरी तातो पछेउरी’, ‘मायाँले झुक्यो, सुर्खेत बुल्बुले जाँउला जस्ता दर्शनौ गित गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै मोडल टिका जैसी लगायत स्थानीय कलाकारहरुले पनि मञ्च तताएका थिए । महोत्सवमा आज (बुधबार) लोकदोहोरी गायक पशुपति शर्मा लगायत चर्चित राष्ट्रिय कलाकारहरुको आगमन हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्