बागेश्वरी एकेडेमीले उचाल्यो बुम रेमिट क्रिकेटको उपाधी



कोहलपुर,१७ माघ/   बाँकेको कोहलपुरमा सम्पन्न बुम रेमिट जिल्ला स्तरीय अन्तर विद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधी कोहलपुरको वागेश्वरी एकेडेमीले उचालेको छ ।

मंगलबार कोहलपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा श्रीचन्द्र मेवालाल स्कुललाई ३ विकेटले पराजित गदै वागेश्वरीले रोमाञ्चक जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चन्द्र मेवालालले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ९ रन जाडेको थियो । जसका लागि फिरोज अन्सारीले १९ रन जोडेका थिए भने समसुद्धिन अन्सारी र फैजन अन्सारीले समान १४÷१४ रन बनाएका थिए ।

विकेट लिने क्रममा वागेश्वरीका दिपेन्द्र रावत, अनुराग वली र शशांक थापा मगरले समान २÷२ विकेट लिएका थिए । १ सय १० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वागेश्वरी एकेडेमीले १ बल बाँकी छँदै ७ विकेटको जित निकालेको थियो ।

टिमलाई जिताउने क्रममा वागेश्वरीका शिव खत्रीले अर्धशतकिय पारी खेल्दै ५५ रन जोडेका थिए भने विपिन शाहीले १२ रन बनाएका थिए । मेवालालका शकिब शेखले ३ तथा ईम्रान अन्सारीले २ विकेट लिएका थिए । उक्त खेलको प्लेयर अफ द म्याच ५५ रन बनाएका शिव खत्री घोषित भए ।

प्रतियोगिता समापन कार्यक्रममा बिजेता तथा उपविजेता टिमलाई कोहलपुर नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि लुटबहादुर रावत लगायतका अतिथिहरुले संयुक्त रुपमा ट्रफी सहित नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । विजेता हुने वागेश्वरीले रु २१ हजार नगद सहित ट्रफी प्राप्त ग¥यो भने उपविजेता श्री चन्द्र मेवालाल स्कुलले रु ११ हजार नगद प्राप्त ग¥यो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ १७ गते बुधबार