काठमाडौं,१६ माघ/ भारतको पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा एक बस पुलबाट नहरमा खसेर दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । बसमा ५६ जना सवार थिए ।
घटनास्थलबाट ३६ जनाको शव निकालिएको र अन्यको खोजी जारी रहेको बीबीसीले जनाएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । १० जना वेपत्ता रहेको र अन्य घाइतेको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
नादिया जिल्लाको शिकापुरबाट माल्दा जाँदै गरेको यो बस सोमबार बिहान ६ बजेतिर दुर्घटना भएको थियो । सोमबार दिनभर उद्धार र खोजी चले पनि बेलुकीपछि रोकिएको थियो ।
प्रकाशित मिति : २०७४ माघ १६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्