नेपालगञ्ज,१५ माघ/ बाँकेको खजूरामा माघ ३ गते देखि ९ गतेसम्म भएको मुसबेटवा बाबा मेला तथा खजूरा महोत्सव–२०७४ को आम्दानी तथा खर्च बिवरण सार्वजनिक भएको छ ।
आयोजक आधुनिक युवा सञ्जाल खजूराले सोमबार पत्रकार तथा सर्वपक्षीय भेला गरी आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।
सञ्जालका अध्यक्ष तिलकवीर सुनारका अनुसार महोत्सवबाट २० लाख १९ हजार ५५९ रुपिया आम्दानी भएकोमा १९ लाख ९८ हजार ५०० रुपिया खर्च भएको छ ।
महोत्सवबाट बचत भएको २१ हजार रुपिया मुसबेटवा बाबाको मजार निर्माणका लागि मजारका बाबा खानक साईलाई हस्तान्तरण गरिएको छ ।
गतबर्ष महोत्सव घाटामा भएपनि मजारका सहयोग गरिएको थियो । कार्यक्रममा खजूरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक,खजुरा रेडक्रसका सभापति जीवनाथ सापकोटा, समाजसेवी बेदनिधी प्याकुरेल, भुपु सैनिक विकास समितिका अध्यक्ष दीपबहादुर थापा, काँग्रेसका शेरबहादुर गुरुङ, राप्रपाका सजल थापा, युवा समाजसेवी निरज भट्ट लगायतले मन्तव्य राखेका थिए । सञ्जालले सहयोगका लागि सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ ।









प्रतिक्रिया दिनुहोस्