दाङ,१४ माघ/ दाङमा महिलाहरुलाई आय आर्जनका लागि सिप मुलक तालिमहरु सञ्चालन गरिएको छ ।
महिलाहरुलाई सिप सिकाई व्यवसायीक तथा आर्यआर्जन मुखी गराउने उद्देश्यले तुलसीपुरउपमहानगरपालिका– ५ का महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु दिन सुरु गरिएको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिए ।
सो वडाले महिलाहरुको वृहत भेला बोलाएर सिप सिक्न चाहने महिलाहरुको रुची अनुसार १ सय ४७ जना महिलाहरुलाई विभिन्न सिप मुलक तालिमहरु सञ्चालन गरेको जनाएको छ ।
वडाले रु ८ लाख वजेटबाट ४५ जना महिलाहरुलाई कम्प्यूटर तालिम, ३० जना महिलाहरुलाई हाते वुनाई (वुटिक ) तालिम, ४२ जनालाई सिलाइकटाई र ३० जना महिलाहरुलाई छापा खाना सम्वन्धी तालिम दिन सुरु गरिएको वडा सदस्य शुरेस श्रेष्ठले बताए ।
महिलाहरुका लागि आयआर्जन तथा शिप विकाशका लागि हाते वुनाई ( वुटिक) तालिमको उद्घाटन गरिएको छ । कामना कटाई सिलाई टेनिङ्ग सेन्टर तुलसीपुरको आयोजना तथा वडा नं ५ को सहयोगमा सुरु भएको तालिममा ३० जना महिलाहरुको सहमागीता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्