पुस्तक
काठमाडौँ-१३, माघ/यौन अश्लील विधा होइन। अनुभूतिसँग गाँसिएको, भावनासँग साटिएको र जीवन र जगत्सँग एकाकार विषय कसरी अश्लील हुन्छरु मानिसबाहेक सबै जीवनमा यो विषय खुला छ। मानवजाति अन्य जीवको तुलनामा बढी चञ्चल छ। ऊसँग बढी चेतना छ। चिन्तन छ। सपना भनूँ कल्पना गर्ने शक्ति प्रबल छ।
काठमाण्डु कथाकथाकार : डब्बु क्षत्रीप्रकाशक : शिखा बुक्स
कथाकार डब्बु क्षत्रीले समाजका पात्रको पृथक् यौनिक मनोविज्ञान पाटाहरू अध्ययन गरे। घटना र अवस्थाहरू टिपेर त्यसको वर्गीकरण गरे। नेपालकै परिवेशका पात्रहरूको सूक्ष्म अध्ययन गरे। अध्ययनपछि उनी उत्सुक भए। प्रेम र यौनलाई एउटै तुलामा राखेर जोख्न खोजे, मिलेन। अवस्था, समय, जीवन परिवेश, रहनसहन, संस्कृति जीवनस्तरका हिसाबले प्रेम र यौन पक्षमा विविधता हुन्छ भन्ने यकिन गरेर ती विषयका भिन्नाभिन्नै कथा बनाए। यसरी ती सामग्रीलाई कथाका रुपमा समेट्ने कोसिस गर्दै जाँदा २४० पृष्ठको सुन्दर कथाकृति बन्यो, ‘नमस्ते काठमाण्डु’। यो सानो टिपोटमा यही नमस्ते काठमाण्डुभित्रका रोचक प्रसङ्ग उल्लेख गर्ने प्रयास गर्छु।
मानव जाति वा मानव समाज भनिए पनि यौनिक घटना, क्रियाकलाप मानिसको कथित सभ्यता भनूँ वर्गवर्गभित्रका हिसाब भिन्न देखिने रहेछ। डब्बुजीले मानिसका नैसर्गिक र प्रकृतिप्रदत्त स्वभाव एकै हो भनी मान्दा मान्दै उच्चवर्गीय यौन विलासिता, मध्यमवर्गीय यौन विद्रोह, निम्नवर्गीय यौन विवशता, प्रविधि जन्य यौन विरूपता र यौनजन्य मनोसुषुप्त भावना गरी पाँच वर्गका यौन कथालाई यो पुस्तकमा स्थान दिएका छन्।
डब्बुजीले निकै सुझबुझसहित यसमा समाविष्ट कथाको वर्गीकरण गरेका हुन् भन्ने किन लाग्छ भने यौन मनोविज्ञान र चाहना सबै मानवको उस्तै भए पनि स्थान, प्रवृत्ति, परिवेश र सोचाइका कारणले पृथक् बन्ने रहेछन्। यसको वर्गीकरण आवश्यक थियो थिएन, उपयुक्त हो होइन ती कुरा भोलि पाठकले निक्र्योल गर्ने थिए होलान्। तर ती पक्षको निरूपण लेखक आफैँले दिएर पाठकलाई त्यो झन्झटबाट पनि मुक्ति दिएका छन्।
यो कथासङ्ग्रहको व्यवस्थापनलाई हेर्दा उच्च वर्गीय यौन विलासिताअन्तर्गत ‘हयाप्पी न्यू इयर’, ‘खोक्रो सान’ र ‘सुब्बासाबको सकस’ शीर्षकका कथा समावेश गरिएको छ। मध्यमवर्गीय यौन विद्रोहमा पर्ने कथाहरू स् ‘नेपथ्य’, ‘बिग्रेकी केटी’,‘इन्टर्नसिप’, ‘बहुरूपी’ हुन्। निम्नवर्गीय यौन विवशताभित्र ‘टुँडालदेवी’, ‘नमस्ते काठमाण्डु’ र ‘मायाप्रेममा जे पनि हुन्छ’ शीर्षकका कथा छन्। प्रविधिजन्य यौन विरूपताभित्र ‘न्युड पेन्टिङ’, ‘मोनिकाको हत्या’, ‘भर्चुअल लभ’, ‘मिसकल कथा’लाई स्थान दिइएको छ। यौनजन्य मनोसुषुप्तताभित्र चारवटा कथा छन्, ‘फिरन्ते’, ‘सेतो गुलाफ’, ‘त्यो झ्याल’ र ‘हुसेन साबको हर्कत’। यसरी ‘नमस्ते काठमाण्डु’ जम्माजम्मी १८ वटा कथाको सुन्दर सङ्ग्रह बन्न पुगेको छ। मानिसको भावनासँग प्रत्यक्ष सरोकार राख्ने विषय हुनाले कथाका घटना प्रसङ्गले पाठकको मन तुरुन्तै तान्ने सामथ्र्य राख्छन्। कथा चटपटे स्वादका छन्। भनूँ न, आजको सहरीकरण र त्यसको सभ्यताले धुरुक्कै पारेको हामी पाठकको अवस्था लेखकले बुझेका छन्। बजारले हाम्रै अवस्था हेरेर फास्टफुडका स्वाद तत्कालै दिए जस्तै डब्बुजीका कथाले कुनै विम्ब, ध्वनिमा पाठकले दिमाग दुखाइरहनु नपर्ने गरी सोझै विषयवस्तुमा प्रवेश गराइहाल्छन्। पाठकभित्रको पठनको भोक जागृत भइहाल्छ। जिज्ञासाले गर्दा पाना पल्टाएको पनि महसुस हुन नपाउँदै कथाले विश्राम लिइहाल्छन्।
यसरी कथा सुरु भइहाल्छ ।।।किङ्स वे! मलाई अति मन पर्ने ठाउँ।
शेर्पा मलको क्याफेरिना। गर्लफ्रेन्ड एन्जिला राणाको प्रतीक्षा। यो ठाउँ उसलाई पनि अति मन पर्ने। हाम्रो फेभरेट।
छिप्पिँदो साँझ। क्याफे गेटमा क्रिसमस ट्री। आफ्नै लयमारङ्गीन बत्ती झिम्किँदै छन्। क्रिसमस सकिएको मात्र चारदिन भएको छ।आज न्यू इयर इभ। सन् २०१५ को अन्तिम साँझ। हाम्रो अन्तिम ‘डेस्टिनेसन’ फेसेज लाउन्ज ठमेल। फोन बज्यो, एन्जिलाको रहेछ।
‘हे एन्जी! आई एम स्टिल वेटिङ फर यू इन योर फेभरेट लोकेसन।’
‘ओ आर यू इन क्याफेरिनारु’
‘एस डियर† कम अन फास्ट’
डब्बुजीका कथा परिवेशले झिँजो लाउँदैनन्। कुनै लघुकथाजस्ता भए पनि यौनका समग्र बोध गराउन सक्नु कथाकारको विशेषता हो। कथा सुरु गरेपछि अन्त नगरी धरै पाइन्न। आफ्नै भाषाशैली तर कतै पनि दुरूह पदपदावलीले पाठकलाई हैरान पार्दैपार्दैनन्। उनका कथा वर्तमान समय र घटनाभित्र बुनिएका कथा हुनाले होला कथाभित्रको कुनै नायकमा पाठकलाई आफ्नो या कुनै परिचितको स्वभाव मिल्छजस्तो लागिरहन्छ कथा पढ्न लाग्दा। यसलाई कथा नाम दिइए पनि सत्यकथा पढेजस्तो लाग्छ।
यसभित्र एउटा कथा छ, हुसेनसाबको हर्कत। एउटा दृश्य यसरी लेखिएको छ |‘आखिर निकाह कबुल गर्न कर लाग्यो। अब्बा अम्मी, परिवार, सखी, छिमेकी सबै छाडेर हुसेनसाबको घर आउनुपर्यो सालिमालाई।एक दिन राजुसँग खुब मस्केकी थिइन्। त्यो दृश्यले हुसेन साहबको नजर घोच्यो। मन पोल्यो।सलिमा घर घरभित्र आइन्।
हुसेनसाबले सलिमाको दुवै हात बाँधिदियो। दुईवटा हरियो खुर्सानी टोक्न लगायो। बाँकी रहेको खुर्सानी पनि सलिमाको ओठमा दलिदियो।‘ओ बेगम त नि हँस् त।’उनी हाँसिनन्। पिरोले पोलेर रुन पो थालिन्।‘हँस्न रे। आरेरे। तिमी रोइलिएको याररु त्यो साला पर्वतियासँग त खुब हाँस्दैथिस् अघि। मेरो लागि पनि हास्न रे।’अचम्मको यौन विकृति छ हुसेनसाबको। प्रत्येक कथामा अचम्म लाग्दा दृश्य र पात्रका यौन मनोविज्ञान समेटिएका छन्। पन्ध्र वर्षको विश्वकर्मा केटो र बयालीस वर्षकी पराजुली बज्यैले भागेर प्रेम विवाह गरेको एउटा कथा पढेपछि मैले डब्बु क्षत्रीलाई सोधेको थिएँ, ‘डब्बुजी यस्तो पनि हुन्छरु’उनले भने ‘यो सत्य कथा हो सिन्धुपाल्चोकमा भएको घटना।’
अर्को एउटा कथा पढ्दा तीस वर्षअघिका घटना याद आए। मेरा एक जना साथी थिए। हामी एउटै अफिसका जागिरे थियौँ। उनी आइमाईले नुहाएका दृश्य घण्टौँ बसेर हेरिरहन्थे। उनको यस्तो चाहना पूरा गराउन मैले दुई दिनसम्म तातोपानी लगेर राखेको थिएँ उनलाई।
फिरन्ते कथा पढ्दा यसको पात्र हाम्रै परिवेशमा फेलापर्ने छ। अलि फरक तर अद्भुत कथा छन् न्यूड पेन्टिङ्ग र भर्चियुल लभ। यी कथा पढ्दा झसङ्गै पारेका थिए मलाई। मानिस र मानिसभित्र यौनसँग सम्बन्धित सडान्ध या कुनै न कुनै विकार रहेको हुन्छ। समय पाउँदा त्यसले टुसा हाल्छ भन्ने सन्देश दिने खालका सामग्री यसमा प्रशस्तै समाविष्ट छन्।
मानिसले सितिमिति हात हाल्न लजाउने तर मानवीय संवेदनाको घनत्व रहेको प्रेम र यौन सन्दर्भका विषय लेखिनुपर्छ भन्ने मलाई लाग्छ। यस्तो पठनीय विषय उठाउने यो कथाका लेखक डब्बुजीलाई बधाई।









प्रतिक्रिया दिनुहोस्