रावन विश्वकर्मा : बाँसगढी,१२ माघ/ बाँसगढी नगर स्तरीय ‘प्रथम मेयर कप’ रनिङ शिल्ड खेलकुद प्रतियोगीता बिहिबार देखि शुरु भएको छ ।
“गुणस्तरीय जिवनका लागि शिक्षा, स्वस्थ जीवनका लागि खेलकुद” भन्ने नारा सहित बाँसगढी नगरपालिकाको आयोजना, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुरको सहआयोजना र आथित्यमा सञ्चालन भएको प्रथम मेयर कप खेलकुद प्रतियोगीताको बाँसगढी नगरपालिकाका मेयर सालिकराम अधिकारीले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा मेयर अधिकारीलाई बाँसगढीमा रहेका सामुदायिक र संस्थागत १७ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले मार्चपास र सलामी दिएका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले समग्र बाँसगढी क्षेत्रको शैक्षिक विकासको लागि खेलकुद आवश्यक रहेको बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी ज्ञानमणी नेपालले बालबालिकाको सिकाई, शैक्षिक व्यरोजगारी न्युन र खेलाडी उत्पादनको लागि पनि नगर स्तरीय मेयर कपले सहयोग पु¥याउने बताए ।
नगर शिक्षा शाखा अधिकृत निलकण्ठ रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खेलकुद विकास समिति बर्दियाका अध्यक्ष खगेन्द्र खनाल, जिल्ला समन्वय समिति बर्दिया सदस्य भक्तिराम अधिकारी, पुर्व सभासद श्याम ढकाल, नेपाल शिक्षक महासँघ बर्दियाका अध्यक्ष नवराज ढकाल, बाँसगढी नगरपालिका उपमेयर सुष्मा चौधरी, ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख चक्रबहादुर डम्बर पाल, सशस्त्र प्रहरी कतर्नियाका प्रमुख एकराज बुर्लाकोटी, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँसगढीका अध्यक्ष फणेन्द्र प्रसाद ढुंगाना लगायत विभिन्न राजनितिक दलका प्रतिनिधि, नगरपालिका भित्रका विभिन्न विद्यालयका प्रधानध्यापकहरु, बरघर, विद्यार्थी, खेलाडी, खेलप्रेमी लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा १३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी १७ विद्यालयले विभिन्न खेलकुद विधामा भाग लिएका छन । जसमा भलिबल छात्र –छात्रा, कबर्दी छात्र–छात्रा, एकलेटिक्स अन्तरगत रिले दौड, सट फुट, जाबलिङ थ्रो हाईजम्प लम्जंग, मार्सलआर्सका खेलहरु कराँते र तेक्काण्दो लगायतका खेलहरु हुने मेयर कप प्रतियोगीता सञ्चालन उपसमिति संयोजक तथा नेरा मावि लक्ष्मणपुरका प्रअ अर्जुन प्रसाद तिवारीले बताए ।









प्रतिक्रिया दिनुहोस्