सोमबारदेखि नेपालगन्ज उपमहानगर–१७ परसपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट संचालनमा ल्याईएसंगै अक्सिजन ग्याँसको लागि अनेत्रको भर पर्न नपर्ने भएको हो । एचओ अक्सिजन ईन्डस्ट्रिज प्रालिले संचालनमा ल्याएको सो प्लान्टको सोमबार विधिवत उद्घाटन गरिएको छ ।
उनले नेपाल कै सबैभन्दा ठूलो प्लान्ट भएको दाबी गर्दै सो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्याँस उत्पादन हुने, दैनिक १२ सय लिटर लिक्विड नाईट्रोजन र अक्सिजन उत्पादन क्षमता रहेको यो प्लान्टबाट जिरो एयर ग्याँस पनि उत्पादन जानकारी दिए ।
बढ्दो जनसंख्याको चाप, विरामीहरुको वृद्धि, उद्योग कलकारखानाको विस्तार, अस्पतालहरु र स्वयम् व्यक्तिगत जीवनका साथै बजार आवश्यकताको अध्ययन गरेर काठमाडौं बाहिरको बजारमा सर्वसुलभ तरिकाले अक्सिजन र नाईट्रोजन उपलब्ध गराउन प्लान्ट स्थापना गरिएको संचालक श्रेष्ठको दाबी छ ।

बाँकेका युवा व्यवसायीहरु सम्मिलित हरि ओम ग्रुपको लगानी रहेको एचओ अक्सिजन इन्ड्रष्ट्रिज नेपालमै सबैभन्दा धेरै उत्पादन क्षमता भएको प्लान्ट हो । खासगरी पश्चिम नेपालमा अक्सिजन र नाईट्रोजन ग्याँस सिलिन्डरको बजारलाई पूर्णतया आत्मनिर्भर बनाउने आफूहरुको सोंच रहेको हरि ओम ग्रुपका सञ्चालक सदस्य तुषार साहले बताए ।
उनले आम नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै मध्य तथा सूदूरपश्चिमा बढ्दै गइरहेको चिकित्सा क्षेत्रको विस्तार अनि त्यसलाई सम्बोधन गर्नसक्ने उपायहरुको बारेमा लामो समयसम्मको गृह कार्यपछि यस क्षेत्रमा विकशित भइरहेको औद्योगिक अनि स्वास्थ्य सेवा व्यवसायलाई थप टेवा पु¥याउनका लागि उच्च गुणस्तर र परिणाम मुखी अक्सिजन ग्यास प्लान्टको स्थापना गरेको बताए ।
‘हामीले देशमै एउटा ठूलो अक्सिजन ग्यास प्लान्टको स्थापना र यसको सफल उत्पादनलाई सार्थकता दिएका छौँ’–अर्का संचालक बिक्रम बर्माले भने–‘नेपालमा अहिले करिब २६ वटा उद्योगहरुमध्ये केहीले मात्रै अक्सिजन र नाईट्रोजन ग्याँस तथा लिक्विड उत्पादन गर्दै आएका छन् । जसमध्ये ललितपुरको लुभुस्थित अक्सिजन ग्याँस प्लान्टपछि अत्याधुनिक प्रविधिबाट अक्सिजन र नाईट्रोजन उत्पादन गर्ने प्लान्ट हामीले बाँकेमा स्थापना गर्न सफल भएका छौँ ।’

अक्सिजन, नाईट्रोजन ग्याँस र नाईट्रोजन लिक्विडजस्ता पदार्थहरु खासगरी औद्योगिक तथा स्वास्थ्य सेवा क्षेत्रको प्रयोजनका लागि हुनेछ । खासगरी पश्चिम नेपालको नारायणघाटदेखि पश्चिम क्षेत्रका उद्योग, कलकारखाना अनि स्वास्थ्य संस्थाहरुमा सहज र सुलभ तरिकाले गुणस्तरीय उत्पादन दिने पनि संचालकहरुको दाबी छ । प्लान्टबाट भएको उत्पादनको परीक्षणमा ९९ दशमलब ७ प्रतिशत शुद्धता रहेको प्रमाणित भएको सञ्चालकको दाबी छ ।
Sadarline.com









प्रतिक्रिया दिनुहोस्