कोहलपुर,९ माघ/ लक्ष्मी माध्यमिक विद्यालय कोहलपुर नगरपालिका २ को ५९ औं वार्षिकोत्सब तथा श्रीपन्चमी समारोह सोमबार सम्पन्न भएको छ ।
समारोहको बाँके क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य मेहेश्वर गहतराजले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद
सापकोटा प्रस्तावना पत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा बिधालयको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।
कार्यक्रम बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउद कोहलपुर नगरपालिका उप प्रमुख सन्जु चौधरी नपा वडा न २ का वडा अध्यक्ष कर्ण बि सी माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने लगायतको उपस्तिथि रहेको थियोे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जलेदार थारुको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०७४ माघ ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्