डिल्ली शाही / कोहलपुर, माघ ०७ /नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियूले भारतले नेपाली भूमिमाथि बारम्बार गरिरहेको सीमा अतिक्रमणको विरोधमा कोहलपुरमा प्रदर्शन गरेको छ । शनिबार साँझ कोहलपुरको चौराहामा अनेरास्ववियूले विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहित विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा अनेरास्ववियूका पूर्व विद्यार्थी नेता एवं नेकपा एमाले बाँके क्षेत्र नं.१ का संयोजक सुर्य ढकालले सम्पूर्ण अतिक्रमित भूमि भारतले फिर्ता गर्नुपर्ने बताउँदै छिमेकी भएपछि मित्रता र सद्भावको भावना राख्नु पर्नेमा भारतले सधै हेपाह र विस्तारवादी प्रवृत्ति देखाइरहेको बताए । त्यस्तै अनेरास्ववियूका केन्द्रीय सचिवालयका पूर्व सचिव अब्दुल हुसेन खाँले भारतले अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने बताए ।
https://youtu.be/B3B5Tlohio4?list=PLt8p4cAFjbHPCVm4-Rn7SMAIOKXF_9I1T










प्रतिक्रिया दिनुहोस्