अन्तरक्रिया सम्पन्न



कोहलपुर,६ माघ/  अख्तियार अनुशन्धान आयोग कार्यलय कोहलपुरको आयोजनामा आज भ्रष्टाचार नियन्त्रणको शुसासन सम्बन्धी अन्र्तक्रिया नेपालगन्जमा सम्पन्न भएको छ ।

कार्यक्रमको सभाध्यक्ष रहनुभएको अख्तियार अनुशन्धान आयोग कार्यलय कोहलपुरका प्रमुख एसपी इश्वर पोख्रेलले कार्यपत्र प्रस्तुत गर्दै पत्रकार संचारकर्मीहरुले अख्तियार अनुसन्धान आयोगमा के कस्ता अधिकार छन भन्नेबारे कलम चलाउन आवश्यक रहेको बताउनुभयो । भ्रष्टाचार विषेशगरि संघिय, शिक्षा, र वनमा अलि बढि भएकोले सम्बन्धित कार्यलयका प्रमुख क्रियाशिल भएर लाग्न आग्रह गर्नुभयो ।

अख्तियार अनुशन्धान आयोगको काम, कर्तव्य र व्यवहार बारे प्रष्टयाउदै भ्रष्टाचार जिवन संग जोडिएकोले भ्रष्टाचार विरुद्ध बोल्नु पर्ने समेत बताउनुभयो । प्रमुख अतिथि रहनुभएको बाके जिल्लाका प्रमुख जिल्ला अधिकृत रमेश केसीले सहभागीहरुको जिज्ञासाको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बुद्धिजिवी, जनप्रतिनिधी, सरोकारवाला निकाय लगायत पत्रकारको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ६ गते शनिबार