वाईसिएल ग¥यो बाँकेलाई राजधानीको माग



 कोहलपुर,५ माघ/   यौङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसिएल) बाँकेले हालै सरकारले ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल तोकेकोमा आपत्ती प्रकट गर्दै अस्थायी राजधानी बाँकेलाई अस्थायी राजधानी तोक्न माग गरेको छ ।

बिहिबार वाईसिएल बाँकेले एक प्रेस विज्ञप्ती जारी गर्दै संगठनले गर्ने काम गरेको बारेमा समेत स्पष्ट पारेको छ ।

संगठनले बाँकेलाई अस्थायी राजधानी घोषणा गर्न माग गर्नुका साथै शितलहरबाट प्रभावित जनतालाई राज्यको तर्फबाट प्रभावकारी राहत वितरण गर्न माग समेत गरेको छ ।

साथै संगठनले आगामी फागुन १ गते नेपालगञ्ज भेरी अञ्चल अस्पताल र कोहलपुर मेडिकल कलेजमा रक्तदान गर्ने समेत उल्लोख गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ ५ गते शुक्रबार