राहत रकम नपाएको भन्दै डुडुवा गाउँपालिका कार्यालयमा तालाबन्दी



कोहलपुर,२ माघ/   सरकारले बाढी पीडितका लागि उपलब्ध गराएको राहत रकम अझै पीडितलाई नदिइएको भन्दै मंगलबार डुडुवा गाउँपालिकामा तालाबन्दी गरिएको छ ।

सरकारले गाउँपालिकाको खातामा बाढी पीडितका लागि प्रति परिवार २ हजार १ सय रुपैयाँ राहत उपलब्ध गराएपनि गाउँपालिकाले अझै सम्म वितरण नगरेकाले तालाबन्दी गरिएको फोरमका नेता जाहिर खाँले बताए ।

डुडुवा गाउँपालिका वडा नं. ३ का बासिन्दाले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन् । यता गाँउपालिका का अध्यक्ष नरेन्द्र चौधरीले गैरबाढी पिडितले राहत माग गरे पछि पिडितका लागि आएको राहात बितरण गर्न समस्या भएको बताउनु भयो ।

उहाँले वास्ताविक बाढी पिडितहरुको पहिचन गर्नका लागि जिल्ला स्तरीय अनुगमन टोली बनाएर अनुगमन टोलीले दिएको प्रतिबेदन अनुसार राहात बितरण गरे मात्र वास्तविक बाढी पिडितहरुले राहात पाउने र आफू वास्तविक पिडितलाई राहात दिन तयार रहेको जिकिर गर्नु भयो ।

यता तालाबन्दी गर्न आएकाहरुले प्रमुख जिल्ला अधिकारी र सांसद मो.इस्तीयाक राईले ताला बन्दी गर्न निर्देशन दिए पछि आफूहरु ताला लगाउन आएको बताए । ताला लगाउन आएका वडा नं. ३ हलबलडोलीका जनताहरु बढी पिडित नरहेको र उक्त गाँउमा कुनै क्षति समेत नभएको सार्बसाधारणहरुले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार