१५ वर्षअघि हराएको बिरालो भेटियो



एजेन्सी : बेलायतको कर्नवाल शहरनिवासी जान बर्नेस नाम गरेकी महिलाको १५ वर्षअघि बिरालो हराएको थियो। यतिका वर्षपछि अहिले सो बिरालो फेरि उनकोमा फर्किएको छ। जेनले सन् २००२ मा अर्को विवाह गरेपछि उनी नयाँ पतिको घरमा सरेकी थिइन्। एक दिन बिरालोले पत्तै नदिइकन घर छोड्यो। केही दिनपछि बिरालो फर्किन्छ भन्ने आश जेनले राखेकी थिइन् । तर, दिन, हप्ता, महिना गर्दै वर्षौ बित्दा पनि बिरालो फर्किएन।
जेनले हालसालै हराएको सो बिरालो फेला पारिन् । क्रिसमसमा भेट्नेरी सञ्चालन गर्ने एउटा समूहले जेनको घरभन्दा ३५ माइल पार एउटा बिरालो फेला पार्‍यो । बिरालोलाई लगेर जाँच गर्दा उसको शरीरमा जडान गरिएको चिप फेला पर्‍यो। हराएको पालुवा जनावर फेला परेमा उनीहरूको मालिक पत्ता लगाउन भनेर जनावरको शरीरमा यस्तो चिप जडान गर्ने गरिन्छ ।
चिपबाट जेनको ठेगाना पत्ता लगाई सो भेट्नेरी समूहले बिरालो फेला परेको जानकारी दिएको थियो । अहिले बिरालो बुढो र दुब्लो भएको छ । ‘यतिका वर्षपछि उसलाई पाएँ,’ जेनले भनिन्, ‘म खुशी छु । अब पोषिलो खाना ख्वाएर उसलाई चाँडै मोटो र चिल्लो बनाउँछु ।’

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार