नेपालगञ्ज/ नेपालगञ्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जारे अदबे नेपालगञ्जले महेन्द्र पुस्तकालयमा आफ्नो मासिक गजल गोष्ठी गरेको छ ।
गुल्जारे अदबले हरेक महिनाको अन्तिम शनिवारका दिन गर्दै आइरहेको गजल गोष्ठी जस्तै नेपालगञ्जको महेन्द्र पुस्तकालयमा अवधी सा“स्कृतिक विकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौवेको अध्यक्षतामा भारत बहराइच नानपारका निवासी तथा अन्जूमन शाहकारे उर्दू उत्तर प्रदेशका अध्यक्ष शारिक रब्बानीको प्रमुख आतिथ्यमा मासिक गजल गोेष्ठी कार्यक्रम सम्पन्न भएको थियो ।
“हमारे दिलों में हो फिकरे वतन की” भन्ने मिश्ररामा गुल्जारे अदबका सचिव मोहम्मद मुस्तफा अहशन कुरैशीले सञ्चालन गरेका कार्यक्रममा अवधी सा“स्कृतिक विकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौवे, उर्दू साहित्यकार तथा गुल्जारे अदबका अध्यक्ष अब्दुल लतीफ शौक, अन्जूमन शाहकारे उर्दू उत्तर प्रदेशका अध्यक्ष शारिक रब्बानी, असफाक रसूल हाशमी सैय्यद नेपाली, अवधी सा“स्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष बिष्णुलाल कुमाल उर्दू सायर, नसीम कादरी, धु्रवराज शर्मा लगायतले आ–आफ्ना शैर वाचन गर्नुभएको सचिव मोहम्मद मुस्तफा अहसन कुरैशीले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्