कोेहलपुर,३० पुस/ लायन्स एण्ड लियो क्लब अफ नेपालगञ्ज खजुराको आयोजनामा बाँकेको खजुरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
खजुरा गाउँपालिका –३ मा रहेको प्राथामिक स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ५ सय बढीले स्वास्थ्य सेवा लिएका छन ।
मुटु रोग तथा मधुमेह रोगीहरुलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा वृद्धवृद्धा तथा मुटु रोगीहरुले सेवा लिएको स्वास्थ्य शिविरको संयोजन गरिरहेका प्रेम खरेलले बताए ।
लायन्स क्लबका संस्थापक मेल्भिन जोनको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको सप्ताहा व्यापी कार्यक्रम अन्तर्गत शिविर राखिएको जानकारी गराउदै उनले लायन्स कल्बको उदेश्य अनुसार मुटुरोग र मधुमेह रोगीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको प्रष्ट पारे ।
स्वास्थ्य शिविरबाट खजुरा जानकी र बैजनाथ गाउँपालिकाका सर्वसाधारणहरुले सेवा लिएका र शिविरमा देखिएको जटिल प्रकारका बिरामीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको बतचाए ।
शिविरमा नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक मधु अर्यालको नेतृत्वको चिकित्सक टोली खटिएको थियो ।









प्रतिक्रिया दिनुहोस्