जाजरकोट, २९ पुस/ जाजरकोटमा भाइरलबाट १३ जनाले ज्यान गुमाएपछि नेताहरुको ध्यानाकर्षण भएको छ । औषधि र डाक्टरसहितको टोली यतिबेला जाजरकोटको भाइरल प्रभावित क्षेत्रमा पुगेको छ ।
जाजरकोटबाट प्रतिनिधिसभाका सांसद तथा पूर्वगृहमन्त्री शक्ति बस्नेत औषधि तथा चिकित्सकको टोली लिएर भाइरल प्रभावित क्षेत्र पुगेका छन् । राज्यको वास्ता नगरेको भन्दै स्थानीय रुष्ट बनेका छन् । हरेक वर्ष भाइरलले प्रताडित बनेका जिल्लावासीले सुविधा सम्पन्न अस्पतालको माग गरेका छन् ।
प्रकाशित मिति : २०७४ पुस २९ गते शनिबार










प्रतिक्रिया दिनुहोस्