निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लाभ लिए



कोहलपुर,२७ पुस/  कोहलपुर नगरपालिका – १२ को निबुवा खड्गवारमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन ।

राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालय,कौशिलानगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा विषेसज्ञ चिकित्सकहरुले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

निःशुल्क स्वास्थ्य परीक्षणसँगै औषधी समेत वितरण गरिएको छ । शिक्षालयले विभिन्न सरकारी कार्यालय तथा संघ–संस्थाको सहयोग,समन्वय तथा सहकार्यमा सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा नाक,कान,घाटि,स्त्री तथा प्रसुति,हाड जोर्नि तथा नशा र बाल रोगका विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

निःशुल्क स्वास्थ्य परीक्षणमा दम तथा स्वासप्रश्वास,आँखा कान,ग्याष्ट्रिक र स्त्री रोगका विरामीहरु बढी भेटिएको चिकित्सकहरुले बताएका छन । जटिल समस्या भएका विरामीहरुलाइ सुविधा सम्पन्न अस्पतालमा गएर स्वास्थ्य सेवा लिन सल्लाह समेत दिएको शिविरमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालय,कौशिलानगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा जिल्ला प्रशासन कार्यालय बाँके ,कोहलपुर नगरपालिका,कोहलपुर उद्योग वाणिज्य संघ र यातायात व्यवसायी संघ÷संस्थाको सहयोग सहकार्य र समन्वय रहेको छ ।

यसै गरी रेडक्रस सोसाइटी कोहलपुर,जिल्ला जनस्वास्थ्य कार्यालय,शिक्षण अस्पताल कोहलपुर र ४ नं गुल्मसँग सहयोग सहकार्य र समन्वय गरेको राष्ट्रिय सेवादल पश्चिम तालिम शिक्षालय,कौशिलानगरले जनाएको छ ।

मध्य तथा सुदुर पश्चिमका विभिन्न जिल्लाका विद्यालयबाट सहभागी जुनियर डिभिजनका स्वयम् सेवक दस्ताका छात्र–छात्राहरुको ठूलो मात्रामा सहभागिता रहेको थियो

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २७ गते बिहीबार