कोहलपुर,२६ पुस/ कोहलपुर नगरपालिका वडा नं ११ को क्षेत्र भित्र सडक पेटीहरुमा (फुटपाथ) मा अव्यवस्थित रुपमा व्यवसाय गरिरहेका घुमन्ते व्यवसायीहरुलाई व्यवस्थित गर्न ११ नं. वडा कार्यालयले त्यस्ता व्यवसायीहरुको लगत संकलन गर्ने भएको छ ।
बुधबार वडापालिका कार्यालयमा बसेको सर्वपक्षिय बैठकमा यस्तो सहमति भएको वडा अध्यक्ष कर्ण बहादुर थापाले बताए ।
११ नं. वडा कोहलपुर नगरपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको वडा भएको र यसको उचित व्यवस्थापनले सिङ्गो कोहलपुर नगरपालिकाको अवस्थालाई समेत उजागरण गर्ने भएकाले यस वडाको सरसफाई देखि अन्य विषयहरुलाई पनि व्यवस्थित गर्न आवश्यक रहेका सहभागीहरुले सुझाव दिएको अध्यक्ष थापाले बताए ।
प्रकाशित मिति : २०७४ पुस २६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्